२०७९ असार ११- ग्रामीण भेगका महिलाहरुकै पहलमा २०५९ असार ११ मा स्थापना भएको हेटौडा ५ मा अवस्थित ग्रामीण महिला सेवा केन्द्रले आफ्ना संस्थापक सदस्यहरुको सम्मान गर्दै आफ्नो २१ औ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
आज आयोजित वार्षिकोत्सव कार्यक्रम संस्थाकी वर्तमान अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आथित्यमा सम्पन्न भएको हो कार्यक्रममा गैर सरकारी संस्था जिल्ला उपाध्यक्ष रमिला सापकोटाको विशेष आथित्यमा रहेको थियो तेस्तै संस्थापक सचिब राधा सिन्तान संस्थापक सदस्य मंजु थिंङ् पुर्व अध्यक्षहरु शर्मिला श्रेष्ठ, संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी मुक्तान,वर्तमान कार्यसमति संस्थाका कार्यक्रम संयोजक कर्मचारीहरु पत्रकार लगाएतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अथिति सुशील घिमिरे तथा संस्थाकी जेष्ठ सदस्य मन्जु थिंङ्ले संयुक्त रुपमा पानसमा बत्ति बाल्दै गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष उर्मिला कार्कीले संस्थागत प्रस्तुतीकरण तेस्तै कार्यक्रम संयोजक दिपक न्यौपाने दीपले कार्यक्रमगत प्रस्तुतीकरण राख्नु भएको थियो ।
कार्यक्रमकी विशेष अथिति रमिला सापकोटाले यस संस्थाले महिला दिदि बहिनीहरुले आफु माथि भएको हिंशा बिरुद्ध आफै उजुरी दिन सक्ने क्षमताको विकाश तथा सहकारीको क्षेत्रमा भएको महिला सशक्तिकरणको श्रेय समेत ग्रामीणलाई नै जाने वताउनु हुदै अब ग्रामीणले गाउको साथै शहर केन्द्रित गर्दै दुर्व्यसनी बिरुद्धको कार्यक्रम संचालनमा जोड दिनु अनुरोध गर्दै गैसस लाई स्थानीय सरकारले फरक ढंगले नहेरी सहकार्य गर्ने अवशर दिन जरुरी रहेको बताउनुभयो ।
तस्तै कार्यक्रममा संस्थाकी पुर्व अध्यक्ष शर्मिला श्रेष्ठले साबिकका १७ गा वि स बाट सुरु भएको ग्रामीणको समन्वय समिती बाट स्थापना सुरु भएको संस्थाले जिल्लामा सहकारीको क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अथिति एबं हेटौडा उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सुशील घिमिरेले जब सम्म महिला समाजमा सबल र सक्षम हुदैनन् तब सम्म समाजमा विकाश नहुनेभएकोले आफ्नो वडा ग्रामीण संग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो कार्यक्रममा संस्थापक अध्यक्ष कान्छीमाया घलान, संस्थापक सचिब राधा सिन्तान,निवर्तमान अध्यक्ष लक्ष्मी मुक्तानले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अथिति, विशेष अथिति वर्तमान अध्यक्षले संयुक्त रुपमा संस्थाका संस्थापक सदस्यहरु कान्छीमाया घलान, राधा सिन्तान, बिन्दु विष्ट, सरिता सापकोटा, मिना महर्जन, सुमित्रा लामा, उषा बलामी, कल्पना थापा, सिता दुलाल, बसुन्धरा लामा, ओम लक्ष्मी गोले, पिनु लामा, नानी माया लामा, होम कुमारी थापा, एलिना बल सरस्वती दानी, शोभा थापालाई सम्मान पत्र दोसल्ला सहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाको उपाध्यक्ष मेनुका घिमिरेले राख्नु भएको थियो भने कार्यक्रम संस्थाकी सचिब अचला शर्माले संचालन गर्नुभएको थियो ।