गायक खड्ग प्रसादको लोक दोहोरी गित ढाटेको होईन नि सावर्जनिक

साउन ४- विवाह, ब्रतबन्ध उत्सब जस्ता आदि कार्यहरुममा  पन्चेबाजामा दोहोरी गाउन सिपालु खड्ग प्रसाद पौडेलको पहिलो लोक दोहोरी गित ”ढाटेको होईन नि ” गत शुक्रबार बाट सुनखरी मल्टीमिडिया मार्फत सार्वजनिक भएको छ । सो गीतमा स्वर चर्चित गायिका पुर्णकला वि.सि र खड्ग प्रसाद पौडेलको रहेको छ भने लय बसन्ती सुनुवार संगीत सन्तोष वि.सि को रहेको छ भने प्रकाश तामाङ् (राज) र अनु पराजुलीको अभिनय एबं अमन रानाको निर्देशन तथा कविता तोलान्गीको सम्पादन रहेको छ ।

आम श्रोता दर्शकहरुले आफ्नो पहिलो गीतलाई हेरेर सुनेर भरपुर माया गर्नुहुनेमा आफु आशावादी रहेको गायक पौडेलले बताउनुभयो त्यस्तै  गित संम्बन्धी कुनै सुझाब भएमा 9843017923 मा प्रतिक्रिया दिन समेत अनुरोध समेत गर्नुभएको छ ।

गित सुनखरी मल्टीमिडियाको युटुब च्यानल मार्फत सहजै हेर्न सकिन्छ ।

भिडियो सहित :

भिडियो मनोरञ्जन