०६ असोज २०७९- मकवानपुरगढी गाउपालिका वडा नम्बर २ कार्यालयले पालिकामै पहिलो पटक चाड पर्व लक्षित गरि स्थानीय किराना पसल होटल खाजा घर लगाएतका पसलहरुको अनुगमन गरेको छ । मूलत अनुगमनमा ब्यबसाय दर्ता, नवीकरण, सरसफाई ब्यबस्थापन, बाल श्रम, कर्मचारी राखिएको वा न राखिएको, निजि वा भाडामा संचालन गरिएको आदि सुचक राखेर अनुगमत गरिएको थियो २ दिन सम्म लगाएर गरिएको १०० पसलहरुको अनुगमनमा ८० पसलहरु दर्ता नभएको, १० पसल नवीकरण नगरिएको तस्तै बाल श्रम कुनै पनि पसलमा नभएको,सरसफाईमा कुनै ब्यबसाय ध्यान नदिएको , होटल गढी भ्यु एण्ड रिसोर्टमा मात्र कर्मचारी राखी संचालन गरिएको कुल १०० मा ८० वटा निजि र बाकी २० भाडामा सन्चालन भएको पाइएको गढी २ का वडा अध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा कुनै पनि पसल ब्यबसायले कुहिने र नकुहिने फोहोर नछुट्याएकोले छुट्याएर फोहोर ब्यबस्थापन गर्न निर्देर्शन समेत दिइएको थियो भने उक्त अनुगमनमा मकवानपुरगढी गाउपालिका अध्यक्ष दोर्जे लामा स्यांतान, सोहि वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, टोल बिकाश सिमिति प्रतिनिधि, वडा कर्मचारी, ईलाका प्रहरी कार्यालय मकवानपुरगढी बाट खटिएका प्रहरी लगाएतकाको उपस्थिती रहेको थियो ।
दशैं अगाडी पुन एक पटक अनुगमन गर्ने योजना गरिएको २ नम्बर वडा कर्मचारी हरि प्रसाद देवकोटाले जानकारी दिनुभयो ।