१५ असोज २०७९- मकवानपुरगढीमा भएको पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय  रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता असोज २९ गते सम्मको लागि स्थगित भएको छ । शनिबार देबि डाडा युवा क्लब र सौजन्य युवा  क्लब बिचको सेमिफाईन खेलको क्रममा गोलको बिषयमा बिबाद हुदा खेल स्थगित भएको आयोजक गढी स्टार स्पोर्ट क्लबले जनाएको छ । खेलमा भएको बिबादको बिषयमा सम्बन्धित निकायहरु संग आबश्यक छलफल गरी २९ गते खेल संचालन गर्ने गरी खेल स्थगन गरिएको आयोजकले जनाएको छ ।
खेलको समय सकिन १२ मिनेट मात्र बाकी रहदा बिबाद भई खेल अबरुद्ध भएकोमा दिन भर छलफल गर्दा पनि दुबै समुहले आ आफ्नो अडान नछोड्दा खेल संचालन गर्न नसकिएको आयोजक गढी स्टार स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार दुलालले जानकारी दिनु भयो ।
खेलमा बिबाद भए पछि ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी अपुग भए पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप प्रहरी बल परिचालित भएको थियो । १२ गतेबाट सुरु भएको खेल शनिबार सम्पन्न हुने कार्यतालिका रहेको थियो । खेलमा १६ वटा टिमको सहभागिता थियो । खेल मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थीत भानु मिनि पिचमा भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्