मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरु


२९ असोज २०८०
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको गढि स्ट्रार स्पोर्ट्स क्लबको आयोजनामा छैटौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सोमबार देखि शुरु भएको छ । प्रतियोगिताको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उद्धघाटन गर्नु भएको हो । प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ७५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले ५० हजार नगद र तेस्रो हुनेलाई २५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता कार्तिक २ गते सम्म सञ्चालन हुने छ ।

Flash News Slide Uncategorized खेलकुद रोचक समाचार स्थानीय