सहिद सप्ताह अन्तर्गत पुरूष शिक्षक दाैडमा भानु माबिका चौलागाईं प्रथम

१५ माघ २०८०
सहिद सप्ताह अन्तर्गत नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरकाे ब्यबस्थापन तथा हेटौंडा उपमहानगरपालिका ४ नं.वडा कार्यालयको आयोजनामा भएको पुरूष शिक्षक दाैड प्रतियोगितामा भानु माबिका मुकेश चौलागाईं प्रथम हुनु भएको छ । प्रतियोगितामा साेहि विद्यालयका दुर्लभ कुमार दुलाल द्वितीय, नवाेदय शिशु सदन, हेटौंडाका राम कंशाकार तृतीय, शारदा मा.वि.गढीकै दिनेश सुवेदी चतुर्थ र नवाेदय शिशु सदन हेटौंडाका अविरल शाक्य सान्त्वना पुरस्कार विजेता बन्नुभयाे ।

त्यस्तै गरि स्लाे स्कुटी रेसतर्फ भृकुटी मा.वि. हेटाैंडा १४ की सिर्जना थिङ प्रथम, ब्रह्मदिक् एकेडेमी , हेटौंडा ४ कि सुजिता बाेम्जन द्वितीय र साेही विद्यालयकी मुना लामा तृतीय हुनुभएको थियो । स्लाे स्कुटि रेस हुप्राचाैरमा र दाैड प्रतियोगिता ४ नं. वडा कार्यालयबाट शुरू भई शितलमहल, आेम भवन, भैरवराेड, मिलनचाेक हुँदै ४ नं. वडामै आइपुगेको थियोे । दाैडमा ३४ जना र स्लो स्कुटी रेसमा ४० जना शिक्षकले सहभागिता जनाउनु भएको थियो ।
सहिद सप्ताह अन्तर्गत आज पुर्व संघीय युवा तथा खेलकुद मन्त्री पुरूषाेत्तम पाैडेलकाे प्रमुख आतिथ्यता, ४ नं. वडाध्यक्ष नवीन सिग्देलकाे विशेष आतिथ्यतामा पुरूष शिक्षकहरूलाई ३ कि.मि. दाैड तथा महिला शिक्षकहरूको लागि स्लाे स्कुटि रेस भएको हो ।

NNTA मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा उद्धाटन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा ४ नं.वडाकाे प्राङ्गणमा भएकाे थियो ।कार्यक्रमकाे उद्घाेषण NNTA जिल्ला सचिव मुकुन्द न्याैपानेले गर्नुभएकाे थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मति प्रदेश सदस्य सुनिल गाैतम, लक्ष्मी प्याकुरेल, बालकुमार श्रेष्ठ, जिल्ला उपाध्यक्ष प्रतिमा गाैतम, कृष्ण पाैडेल, सहसचिब चन्द्रादेबी लामा बल, कोषाध्यक्ष भावना सापकोटा, सहकोषाध्यक्ष सबितन लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Flash News Slide Uncategorized खेलकुद रोचक समाचार स्थानीय