
१५ फागुन २०८०
मकवानपुरगढी गाउँपालिका वडा–२, कुर्लेदमारमा अवस्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा कक्षा–९ देखि १२ सम्म कृषि प्राविधिक शिक्षा पठनपाठन भइरहेको छ ।
विद्यालयले कृषि प्राविधिक धारतर्फ अध्ययनरत् प्रशिक्षार्थीहरुलाई लक्षित गरी १० कठ्ठा जमिन भाडामा लिएर शिक्षण सिकाइसँगै विभिन्न मौसमी तथा बेमौसमी कृषि उपज उत्पादनसँग विद्यार्थीलाई जोड्ने काम गरिरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितबहादुर लामाले बताए ।

विद्यालयमा सिजनअनुसार धान, मकै, तोरी, तरकारी, च्याउ उत्पादन गरिरहेको र हाल रायोको साग उत्पादन भइरहेको छ । उत्पादित वस्तुहरुलाई बजारसँग जोड्ने प्रयासमा लागिरहेको विद्यालयका प्रधानाध्यापक विक्रम चौंरेलले जानकारी दिए ।


