
१२ बैशाख २०८२
रेडियो मकवानपुरगढी ९५ मेगाहर्जले मकवानपुरगढी गाउँपालिका संगको समन्वयमा बालबालिकाहरु सम्बन्धि रेडियो कार्यक्रमको सुरुवात गरेको छ बिहिबार पालिकाको कार्यालयमा एक कार्यक्रम आयोजाना गरि कार्यक्रमको सुरु गरिएको हो।
कार्यक्रमको पहिलो एपिसोडमा उत्पादन कार्यक्रम मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी नेपालीको अध्यक्ष्यतामा भएको थियो भने कार्यक्रमको प्रमुख अथितीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने रहनुभएको थियो कार्यक्रममा पालिकाको माहिला तथा बालबालिका साखा प्रमुख सावित्री सापकोटा, सूर्यबहादुर गुरुङ तेस्तै कानुनि सहजकर्ता अधिवक्ता रामशरण लामिछाने, ईस्थर वेन्जामिन स्मृति संस्थाका कार्यक्रम अधिकृत अमिर दहाल रेडियो मकवानपुरगढी ९५ मेगाहर्जका प्रबन्धक निर्देशक एम.पी शर्मा विभिन्न विद्यालयका बालबालिकाहरु, बाल संजालकी रोजिता पुडासैनी लगाएतको उपस्थिति रहेको थियो ।

बालबालिकाहरुको शसक्तिकरण, क्षमता विकाश, आफुमा रहेको कला सृजना प्रस्फुटन लगाएत चौतर्फी विकाश गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको र आगामी आर्थिक वर्षमा समेत यस कार्यक्रमलाई निरन्तरता दिने मकवानपुरगढी गाउपालिका उपाध्यक्ष मान कुमारी नेपालीले जानकारी दिनुभयो ।
यो कार्यक्रम विद्यालय, बाल समूह, बाल क्लब समुदायका बालबालिकाहरु प्रतक्ष्य सहभागी गराई कार्यक्रम उत्पादन तथा निर्माण गरिने, कार्यक्रममा बालबालिकाहरुको हक हित र अधिकार लगाएतका विषयलाइ समेत उत्थान गरिने बालबालिकाहरुको कला प्रस्तुत गर्ने थलोको रुपमा कार्यक्रम केन्द्रित राख्दै कार्यक्रम निर्माण गरिने रेडियो मकवानपुरगढीका प्रवन्ध निर्देशक एम.पी शर्माले जानकारी दिनुभयो र यो आर्थिक वर्षमा जम्मा १२ एपिसोड प्रशारण गरिने र सो पछी पनि निरन्तरता दिईने समेत पौडेलले जानकारी दिनुभयो। यसै बीच कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने कानुनी सहजकर्ता रामशरण लामिछाने लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो।
कार्यक्रममा बालबालिकाहरुले राख्नुभएको आफ्ना जिज्ञासाको मकवानपुरगढी गाउपालिका उपाध्यक्ष मान कुमारी नेपालीले उत्तर दिनुभएको थियो।
कार्यक्रम प्रत्येक साताको शुक्रबार साझ 7 बजेबाट प्रशारण हुने छ भने कार्यक्रमलाई रेडियो मकवानपुरगढी ९५ मेगाहर्जमा प्रतक्ष्य र हाम्रो पात्रो र नेपाली पात्रो बाट पनि सर्च गरि र वेबसाइटमा www.radiomakawanpurgadhi.com रेडियो मकवानपुरगढी सर्च गरि सुन्न सकिने छ भने कार्यक्रमको संचालक पवित्रा विश्वकर्माले हुनुहुन्छ।

