
बैशाख ११,हेटौडा :- पूर्व उपराष्ट्रपति नन्द किशोर पुन पासाङ हेटौँडा आउने तय भएको कार्यक्रम विशेष कारणले बैशाख २२ गते हुने भएको छ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनु भएका उहाँ योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको पाँचौ जिल्ला सम्मेलनमा बैशाख १३ गते हेटौँडा आउने तय भएको थियो।अधिबेशन लाई सम्बोधन गर्न पूर्व उपराष्ट्रपति समेत रहनु भएका पार्टी उपाध्यक्ष आउने तय भएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित गर्नु परेको हो।अन्तिम समयमा प्रमुख अतिथी नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रले सन्चालन गरिरहेको तराइ मधेस अन्तर्गत हुलाकी राजमार्ग जनजागरण अभियानमा सम्लग्न हुनु पर्ने भएकोले पुर्ब निर्धारित समयमा अधिबेशन हुन नसकेको जानकारी वाइसीएलका जिल्ला अध्यक्ष लबराज ठकुरी ले बताउनु भयो। जिल्ला सम्मेलनमा झण्डै ५ सय जना प्रतिनिधि, पर्यवेक्षक रहने बताइएको छ ।‘हामी सम्मेलनलाई भब्य सब्य बनाउनका लागि अन्तिम तयारीमा जुटेकको अबस्थामा अन्तिम समयमा अधिबेशन गर्न नपाउदा नराम्रो लागेको बताउदै अब बैशाख २२ गते हुने सम्मेलनलाइ भब्य सब्य ढंगले उद्घाटन गरी बन्द सत्र सञ्चालन गर्ने तयारी भएको समेत बताउनु भयो।

