ज्यान मुद्दामा जेल चलान भएका आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो

काठमाडौँ : ज्यान मुद्दामा कारागार चलान भएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो छ्यापिएको छ।

नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै पुगेर आज न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्। मोसो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

थारुसहितको इजलासले केही दिनअघि आलमलाई ज्यान मुद्दामा सफाइ दिएका थिए। जनविरोधी फैसला गरेको बताउँदै उनीहरुले मोसो दलेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *