अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)द्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

बागमती, 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), बागमती गाउँपालिका समितिको आयोजनामा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूबाट एसईईमा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने ४६ जना विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथी बागमती गाउपालिका प्रमुख एबम नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले शिक्षामा अपेक्षित ध्यान नदिईएसका कारण परीक्षा परिणाम कमजोर देखिएको उल्लेख गर्दै शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रभावकारी शिक्षण–सिकाइका लागि अनुकूल वातावरण निर्माण गर्नु सबै तहका जनप्रतिनिधिको जिम्मेवारी रहेको धारणा राख्नुभयो।

सम्मान कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सचिवालय सदस्य तथा गाउँपालिका इन्चार्ज ज्ञानसागर भोलान, प्रदेश कमिटी सदस्य कमान सिङ पाखृन, बागमती गाउँपालिका अध्यक्ष अरुण बल, अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य रोजल तामाङ, सदस्य राजेन्द्र मोक्तान, जिल्ला उपाध्यक्ष दिपक वाइबा, निरुता पाख्रीन सचिव छोइसाङ लामालगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी बागमती गाउँपालिका समितिका अध्यक्ष भनाइ लामाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *