वाइसीएल मकवानपुरद्वारा CDO लाई ज्ञापनपत्र: किसानलाई रासायनिक मल उपलब्ध गराउन माग

हेटौंडा, साउन ११/ युवा, श्रमिक र उत्पीडित वर्गको पक्षमा सदैव संघर्षरत वाइसीएल नेपाल मकवानपुर जिल्ला समन्वय समिति वाईसियल नेपाल (YCL Nepal) ले हाल देशव्यापी रूपमा देखिएको महँगी, कालोबजारी र कृत्रिम अभावविरुद्ध आवाज उठाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र पेश गरेको छ।

जिल्ला प्रमुख अधिकारीमार्फत पेश गरिएको उक्त ज्ञापनपत्रमा वाइसीएल नेपालले दैनिक रूपमा प्रयोग हुने खाद्यान्न, इन्धन, ग्यास, नुन, चिनी, दाल, चामल लगायतका अत्यावश्यक वस्तुहरू कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिका कारण सर्वसाधारण जनता चरम सास्तीमा परिरहेको उल्लेख गरिएको छ। विशेषगरी कमजोर वर्ग र विपन्न समुदायको जनजीवन प्रभावित हुँदै गएको भन्दै वाइसीएलले तत्काल सुधारको माग राखेको छ।

ज्ञापनपत्रमा वाइसीएल मकवानपुरले औपचारिक रूपमा ध्यानाकर्षण गराउँदै उचित मूल्यमा सर्वसुलभ आपूर्तिको सुनिश्चितता, कालोबजारी नियन्त्रण, गुणस्तरीय बजार अनुगमन र वितरण प्रणालीलाई व्यवस्थित गर्न प्रशासनसँग आग्रह गरेको छ। साथै, बजार अनुगमन प्रभावकारी नभएमा जनतामाथिको अन्याय सहन नसकिने भन्दै वाइसीएल नेपालले आन्दोलनमा जानुपर्ने चेतावनी समेत दिएको छ।
ज्ञापनपत्र वाइसीएल मकवानपुरका इन्चार्ज कमल अर्याल र अध्यक्ष विरबहादुर थिङ (क. मुक्ति) द्वारा हस्ताक्षरित छ।
वाइसीएल नेपालले सधैं जनताका पक्षमा संघर्ष गरिरहेकाले सरकारलाई समयमा चेतना नपुगे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसहित तत्काल सुधारको माग राखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *