श्रम र उत्पादनले नै समृद्धिको बाटो सुनिश्चित गर्छ – अध्यक्ष घलान

२७ साउन २०८२
मकवानपुर — नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले श्रमदान र उत्पादनमा आधारित ‘ycl अभियानले देशको समृद्धि सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ।

वाईसीएल मकवानपुरद्वारा सुरु गरिएको श्रमदान र उत्पादनमा ycl अभियान अन्तर्गत आइतबार मकवानपुरगढी दरबार क्षेत्रको सरसफाई अभियानमा सहभागी हुँदै अध्यक्ष घलानले देशको समृद्धि, सुशासन, र सुन्दरता स्थापनाको लागि अब शब्द होइन, कर्मको आवश्यकतामा जोड दिनुभयो।

“अब कुराले देश विकास हुँदैन, अब काम गरेर देखाउने, श्रम गरेर देश बनाउने समय आएको छ,” घलानले भन्नुभयो। उहाँले उत्पादन र श्रमबाट मात्रै देशलाई सम्पन्न बनाउने सम्भावना रहेको उल्लेख गर्दै युवाहरूलाई श्रमतर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो।

उहाँले वाइसीएललाई जनतासँग, सरकारसँग, र पार्टीसँग जोड्ने उद्देश्यसहित अभियान अगाडि बढाइएको स्पष्ट पार्नुभयो। “यो अभियान गरिब, निमुखा तथा श्रम गर्न नसक्ने वर्गको पहुँचमा पुग्ने प्रयास हो। देशको विकास र विकृति-विसंगतिहरू अन्त्यका लागि यस अभियानले टेवा पुर्‍याउनेछ,” उहाँले बताउनुभयो।

अध्यक्ष घलानले यो अभियानलाई निरन्तरता दिँदै दैनिक रूपमा श्रम र उत्पादनमा जोड्न पार्टीका सबै तह–तप्काबाट सक्रिय सहभागिता रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
मकवानपुर वाइसीएलले सञ्चालनमा ल्याएको “श्रमदान तथा उत्पादनमा YCL अभियान” अन्तर्गत ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको सरसफाइ गरिएको हो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी “छिन्तु”मकवानपुरका संयोजक भीम पाख्रिन, सचिवालय सदस्य वीरबहादुर घलान ‘ज्वाला’, कमानसिंह पाख्रिन ‘पृथक’, वाइसीएल जिल्ला इन्चार्ज कमल अर्याल, सुमन पाख्रिन, जिल्ला अध्यक्ष मुक्ति लामा, गढीगाउँपालिका अध्यक्ष राजकुमार खड्का, उपाध्यक्ष युवराज सापकोटा लगायतका नेता कार्यकर्ता ycl को उल्लेखनीय सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *