
साउन २६,२०८२
नेपाल राहत शिक्षक राष्ट्रिय समितिको आकस्मिक बैठकबाट विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। समितिले आन्दोलनलाई थप संगठित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न विभागीय जिम्मेवारी तोक्नुका साथै आन्तरिक मनोनयन र कार्यदिशा तय गरेको हो।
बैठकले सर्वप्रथम डिजिटल आन्दोलनमा सक्रिय साथ जनाउँदै योगदान गर्ने सम्पूर्ण राहत शिक्षकहरूलाई धन्यवाद व्यक्त गरेको छ। आन्दोलनलाई अझ सशक्त बनाउने क्रममा राष्ट्रिय समिति सचिवालय सदस्य श्री परसुराम नेपाललाई सह-कोषाध्यक्ष पदमा मनोनयन गरिएको छ।
समितिले तय गरेका केही प्रमुख निर्णयहरू यस्ता छन्:
१. विभागीय जिम्मेवारी तोकिएको
राष्ट्रिय तहमा विभिन्न विभागहरू निर्माण गर्दै सदस्यहरूको स्पष्ट जिम्मेवारी तोकिएको छ।
कार्यालय समन्वय: अध्यक्ष श्विष्णु खत्री र महासचिव जीबन तिमल्सिना
लबिङ तथा रिपोर्टिङ विभाग: संयोजक सञ्जिव मिश्र सहित ९ सदस्य
कानुनी परामर्श विभाग: संयोजक नवीन थापा सहित ३ सदस्य
आर्थिक व्यवस्थापन विभाग: कोषाध्यक्ष चन्द्र प्रकाश पाण्डे, सह-कोषाध्यक्ष परसुराम नेपाल सहित ६ सदस्य
प्रचार-प्रसार तथा प्रकाशन विभाग: संयोजक कृष्णप्रसाद अधिकारी
सूचना तथा सञ्चार (आईटी) विभाग: संयोजक सुशीलराज आचार्य
२. प्रदेशगत संयोजन
तीनवटा प्रदेशहरूमा संयोजक र सदस्य तोकिएको छ:
बाग्मती प्रदेश: संयोजक लाल बहादुर श्रेष्ठ
मधेस प्रदेश: संयोजक उत्तम गुप्ता
कोशी प्रदेश: संयोजक सञ्जिव मिश्र
३. आन्दोलनका कार्यक्रम यथावत, दोस्रो चरणको तयारी
बैठकले पहिल्यै घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै, आन्दोलनको दोस्रो चरणको कार्यक्रम राष्ट्रिय समिति मार्फत चाँडै सार्वजनिक गरिने जनाइएको छ।
४. अन्तिम तथा निर्णायक आन्दोलनको तयारीको आग्रह
सर्कुलरमार्फत समितिले सम्पूर्ण राहत शिक्षक साथीहरूलाई प्रदेश तथा जिल्लागत भेलाहरू सक्रिय रुपमा सञ्चालन गर्न र संगठन विस्तारमा जुट्न आह्वान गरेको छ। सामाजिक सुरक्षाको प्रत्याभूति तथा पेशागत निरन्तरताका लागि सबैलाई अन्तिम निर्णायक आन्दोलनको तयारी गर्न आग्रह गरिएको छ।
महासचिव जीवन तिमल्सिना र अध्यक्ष विष्णु खत्रीद्वारा हस्ताक्षरित सर्कुलरले राहत शिक्षकहरूको हकहितको लडाइँ अब निर्णायक चरणमा पुगेको स्पष्ट संकेत दिएको छ।

