सबैभन्दा बढी संक्रमित भएको देश अमेरिका , यसैगरी मृत्यु हुनेमा इटाली

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्ममा कोभिड १९ का कारण सबभन्दा बढी
मानिस संक्रमित भएको देशमा अमेरिका रहेको छ भने धेरै मानिसको मृत्यु हुनेमा इटाली रहेको छ ।

हालसम्मको तथ्यांक हेर्दा ८,६०,९६४ जना संक्रमित भएको मध्ये सबभन्दा धेरै अमेरिकामा १,८८,५९२ जना रहेका छन् भने इटालीमा १,०५,७९२ जना , स्पेनमा ९५,९२३ जना चीनमा ८१,५५४ जना र जर्मनीमा ७१,८०८ संक्रमित भएका छन् ।

यसैगरी मृत्यु हुनेमा पछिल्लो तथ्यांक अनुसार ४२,३६४ मध्ये सबैभन्दा धेरै इटालीमा १२,४२८ जनाको मृत्यु भएको छ भने स्पेनमा ८,४६४ अमेरिकामा ४,०५६ फ्रान्समा ३,५२३ र चिनमा ३,३१२ जनाको ज्यान गैसकेको विश्व स्वास्थ्य संगठनले जारी गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

समाचार