१० माघ २०७९
गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरगढीमा २ सय ६० औं विजय उत्सव कार्यक्रम मंगलबार भव्य रुपमा मनाएको छ । कार्यक्रमको बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले उद्घघाटन गर्नु भयो ।
बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले मकवानपुरगढीको बिजयी उत्सव मनाई रहदा नेपाली हुनुको गौरब महसुस हुने बताउनु भयो । ईतिहास सधै जिबन्त रहने भन्दै मकवानपुरगढी दरबारलाई म्युजियमको रुपमा बिकास गर्नु पर्ने बताउनु भयो । सांसद श्रेष्ठले मकवानपुरगढीमा आबश्यक पर्यटन पूर्बाधारको बिकासमा बागमती प्रदेशको साथ सहयोग रहने बताउनु भयो ।
मकवनपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले मकवानपुरगढी ऐतिहासीक, पुरातात्वीक र पर्यटकीय क्षेत्र भएकोले यसको संरक्षण र बिकासमा संघ, प्रदेस र स्थानीय सरकार बिच सहकार्य गरेर अगाडि बड्ने बताउनु भयो । हरेक बर्ष मनाईने बिजयी उत्सवलाई आगामि बर्षदेखि महोत्सव आयोजना गरेर यहाँको स्थानीय बस्तुहरुको प्रबर्धन पनि संग संगै गर्ने बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले मकवानपुरगढीको जीर्णेद्धारको काम पुरातत्व बिभागले गरीरहेको र यसको मौलिक बिशेस्थामा पनि ध्यान पुर्याउनु पर्ने भएकाले काममा केही ढिलाई हुन गएको बताउनु भयो ।
मकवानपुरगढी गाउँपालिका नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु भागबत घिमिरे, दिपेश दहाल , कृष्ण प्रसाद बजगाई, अर्जुन प्रसाद तिमल्सिना ,कुमार सिं घिसिङ , गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, बिद्यालयका शिक्षक ,बिद्यार्थी स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै अबसरमा ऐतिहासिक मकवानपुरगढीको प्रबर्धन,बिकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै रेडियो मकवानपुरगढी ९५ मेगाहर्ज, मकवानपुरगढी पर्यटन बिकास समन्वय समिति,मकवानपुरगढी पर्यटन बिकास केन्द्र, मकवानपुरगढी बिकास समिति र मकवानपुरगढी टोल बिकास संस्था लाई सम्मान गरीएको थियो ।