१९ माघ २०८०
ईस्थर ब्यन्जामिन स्मृती संस्थाद्धारा बकैया गाउँपालिकामा स्थानिय स्तरमा सञ्चालित परियोजनाहरुको बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । भने कार्यक्रममा पालिकाका सामाजिक विकास संयोजक एबं वडा नम्बर ११ का वडा अध्यक्ष गोपाल बहादुर न्यासुर, वडा नम्बर ३ का वडा अध्यक्ष भुमल सिंह घलान , वडा नम्बर ४ का वडा अध्यक्ष राजन दंगाल, वडा नम्बर ५ की वडा अध्यक्ष लक्ष्मी जीम्वा, वडा नम्बर ९ का वडा अध्यक्ष टंक ध्वज लोप्चन, वडा नम्बर १० की वडा अध्यक्ष कमला कुमारी वाईवा ,वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, शिक्षा युवा तथा खेलकुद शाखा संयोजक आईतराम तामाङ, स्रोत शिक्षकहरु चन्द्र देवकोटा, नारायण चापागाई,बकैया खेलकुद विकास संयोजक विजय लामा तथा बिभिन्न बिधालयका प्रधानाध्यापक तथा शिक्षकहरु एबं बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आयोजक ईस्थर ब्यन्जामिन स्मृती संस्थाको तर्फबाट संस्थाकी उपाध्यक्ष उमा मरठ्ठा कोषाध्यक्ष निर्मला शर्मा सामाजिक परिक्षक सुनिल लामा कार्यक्रम ब्यबस्थापक प्रेम के.सी जील्ला कार्यक्रम व्यवस्थापक बुद्धबीर लामा वाइवा कार्यक्रम अधिकृत अमिर दहाल, शिक्षा परियोजना सहायक सबिना ओली लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका जील्ला कार्यक्रम व्यवस्थापक बुद्धबीर लामा वाइवाले कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य प्रस्ट पार्नु भएको थियो भने सामाजिक परिक्षक सुनिल लामा र जील्ला कार्यक्रम व्यवस्थापक लामाले परियोजनाहरुको वार्षिक समिक्षा तथा सामाजिक परिक्षण प्रस्तुतीकरण गर्नु भएको थियो ।
संस्थाले बकैया गाउँपालिकामा सुन २०२३ ।२४ मा १९ वटा बिद्यालयमा बिद्यालय भवन निर्माण, खानेपानी तथा शौचालय, पुस्तकालय, वालकक्षा व्यबस्थापन , शिक्षक तालिम, विध्यार्थी केन्द्रित शैक्षिक सहयोग कार्यक्रम तथा अभिभावक शिक्षा कार्यक्रम जस्ता शिर्षकमा कुल १ करोड ९९ लाख ५५ हजार ५५ रुपैया खर्च भएको सामाजिक परिक्षण मार्फत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बाघ भैरब आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुनिल भोम्जनले संस्थाले पारदर्शी ढंगबाट कार्यक्रम सम्पादन गर्ने गरेकोले यसको सिकाई अरुले समेत गर्नु पर्ने बताउनु भयो । त्यस्तै शंकर आधारभुत बिधालयका प्रअ चन्द्र बहादुर मोक्तानले यो असहज परिस्थितीमा पनि संस्थाको निरन्तर सहयोगले गर्दा पालिकाको शैक्षिक गुणस्तर बडाउन टेवा पुगेको बताउनु भयो ।
सोहि अवसरमा पालिकाका सामाजिक विकास संयोजक एबं ११ वडाका वडा अध्यक्ष गोपाल बहादुर न्यासुरले यो संस्थाले गरेको शिक्षक तालिम निकै प्रभावकारी रहेकोले आफ्नो वडाले समेत यस किसिमको तालिम सञ्चालन गर्न बजेट बिनियोजन गरेको बताउनु भयो । त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी जीम्वाले बकैयाको कृयाशिल संस्थाहरुमा अग्र स्थानमा पर्ने यस संस्थाले गरेको कार्यक्रमलाई गाउँपालिकाले समेत सिकाईको रुपमा लिनु आवस्यक रहेको वताउदै संस्थाको कार्य शैलि तथा कार्यक्रम कार्यान्वयले शिक्षाको गुणस्तर बडेको र आवस्यकताको यर्थात पहिचान गरेर कार्यक्रम गर्नलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष राजन दंगालले संस्थाले जति बिद्यालयमा सहयोग गर्छ त्यहि मोडललाई पालिकाले त्यतिकै संख्यामा थप गर्न प्रतिबद्धता ब्यक्त गर्नु पर्ने बताउनु भयो । वडा नम्बर १० की वडा अध्यक्ष कमला कुमारी वाईवाले स्थानिय सरकारले भन्दा पनि बडि संस्थाले गरेको अनुभुती भएको बताउदै आफ्नो वडाले समेत शिक्षक तालिमको लागि बजेट छुट्याएको बताउनु भयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईले पालिकाले गर्न नसकेको अवस्थामा संस्थाले आवस्यकता पहिचान गरेर कार्य सम्पादन गरेकोमा आभार प्रकट गर्नु भयो । कार्यक्रमर्मा , पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक आईतराम तामाङले निरन्तर ढंगबाट संस्था संग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो भने कार्यक्रमका प्रमुख अतिथि एबं धर्मराज लामिछानेले संस्थाले गरेको लगानी पालिकाको भन्दा बडि रहेको पाएको बताउदै संस्थाले शिक्षकहरुले सिकेको सिप समेत कार्यान्वयन हुन थालेकोले अझ प्रभावकारिता बनाउनका लागि पालिका बाट निरन्तर अनुगमन गर्ने त्यस्तै अभिभावक सचेतना कार्यक्रममा पनि सहकार्य गर्ने बताउदै वडाले समेत बिद्यालय निरिक्षणमा जोड दिनु पर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा स्तरिय कक्षा गुणस्तरिय सिकाई तालिम पस्चात कार्यान्वयन गर्ने उत्कृष्ठ १० बिद्यालय छनोट गरि शैक्षिक सामाग्री निर्माणको लागि सामाग्री सहयोग समेत गरेको थियो । कार्यक्रम सञ्चालन संस्थाका कार्यक्रम अधिकृत अमिर दहालले गर्नु भएको थियो भने कार्यक्रम ईस्थर ब्यन्जामिन स्मृती संस्थाकी उपाध्यक्ष उमा मरठ्ठाको सभाध्यक्षतामा भएको थियो ।