सहकारी संजालको तरकारी कारोबार , आज एक्कै दिन बिक्री केजी ७ हजार

तरकारी प्याकिङ गर्दै जिल्ला सहकारी संघका कार्यक्रम संयोजक शिवहरी दाहाल , दुग्ध सहकारी संघका सहायक ब्यवस्थापक दामोदर अधिकारी तथा वचत सहकारी संघका गंगा अधिकारी

मकवानपुर । किसान देखि उपभोक्ता सम्म सहकारी मार्फत गरिएको तरकारी कारोबारमा आज एक्कै दिन ७ हजार केजी तरकारी बिक्री भएको छ ।

आज काउली , बन्दा , मुला लगायतका तरकारी मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाको पालुङ , बज्रबाराही , चित्लाङ बाट ल्याई बिक्री गरिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको पल्पसा हलमा सुरक्षित तरिकाले तरकारीको प्याकिङ गरि सहकारी मार्फत उपभोक्ता सम्म पुर्याइएको जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहालले बताउनु भयो । आज सोही स्थानबाट मात्रै २ हजार ५ सय केजी तरकारी उपभोक्ता स्वयं उपस्थिति भएर लगेको दाहालले बताउनु भयो ।

यसैगरी आज हेटौंडा उपमहानगरपालिकाको पुर्वी क्षेत्रमा तथा बकैया गाउँपालिकामा रहेका विभिन्न सहकारी मार्फत उपभोक्तासम्म तरकारी बिक्री गरिएको छ । सम्बन्धित ठाउँ सम्म तरकारी पुर्याउनको लागि प्रदेश सरकारले २ वटा सरकारी गाडी उपलब्ध गराई सहयोग गरेको छ ।

सुरक्षित तरिकाले तरकारीको ग्रेडिङ तथा प्याकिङ हुँदै
प्याकिङका लागि तयार गरिदैं
तरकारीको अर्डरका लागि सम्बन्धित सहकारीका प्रतिनिधि सँग टेलीफोन सम्वाद गर्दै जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोविन्द दाहाल
रेडियो मकवानपुरगढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *