मकवानपुर । केन्द्रिय दुग्ध सहकारी संघको संयोजन तथा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा हेटौंडा १ चौकिटोलमा रहेकोे ॐ बृद्धआश्रममा भएका बृद्ध बा-आमालाई खिर खुवाई आज विश्व दुध दिवस मनाईएको छ ।
वागमती प्रदेश भुमिब्यवस्था , कृषि तथा सहकारी मन्त्री माननीय दावादोर्जे लामाको प्रमुख आतिथ्यता एवम् सोही मन्त्रालयका सचीव योगेन्द्र कार्कीको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कोभिड १९ का कारण देशमा लकडाउन हुँदा दुध उत्पादन गरिरहेका किसानलाई ठुलो क्षती हुन पुगेको भन्दै मन्त्री लामाले प्रदेश सरकारले पिडित किसानको समस्याको समाधानमा जोड दिने बताउनु भएकोछ ।
यसैगरी केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष एवम् सो कार्यक्रमका विशेष अतिथि नारायण प्रसाद देवकोटाले लकडाउनका कारण दुध उत्पादनमा लागेका किसानलाई निकै नै समस्या परेको भन्दै संघीय सरकार तथा प्रदेश सरकारले विशेष राहत कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो साथै उहाँले यस समस्यालाई स्थानीय तहले पनि समाधानमा जोड दिनुपर्ने बताउनु भयो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पशुसेवा महाशाखाका प्रमुख शरण कुमार पाण्डेय , पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख हरि कुमार रघु श्रेष्ठ , हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपाने , दुग्ध वितरण आयोजना हेटौंडाका प्रमुख नरेश जोशी , सुचना अधिकारी ठाकुर दास श्रेष्ठ , हेटौंडा डेरीका प्रमुख उदय पण्डित , नेपाल जेसिसका रास्ट्रीय गभर्नर एवम् सुन्दर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु कार्की , सुन्दर सामुदायिक वनका अध्यक्ष कमल लामा , दुग्ध सहकारीकर्मी कर्मचारी वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बलराम घिमिरे , नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई , कान्तिपुर टेलिभिजनका पत्रकार बालकृष्ण अधिकारी र सोही बृद्धआश्रमका अध्यक्ष बुद्धि प्रसाद पौडेल लगायतकाको उपस्थिति रहेकोे थियो ।
उक्त कार्यक्रममा हेटौंडा दुग्ध वितरण आयोजनाले फ्रेसमिल्क उपलब्ध गराएको थियो । विश्वले यो दिवसलाई २० औं विश्व दुध दिवसको रुपमा मनाई रहँदा नेपालमा भने यो दिवस मनाउन थालिएको १० वर्ष भएको छ ।