मकवानपुरगढी गाउँपालिकाद्वारा बसाइँसराइ गरि आउनेलाई अनुदान वितरण – प्रती परिवार ५० हजार

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकाले अन्य ठाउँबाट बसाइँसराइ भई आएका ३ परिवारलाई आज प्रोत्साहन अनुदान उपलब्ध गराएको छ ।

नवलपरासी जिल्लाबाट बसाइँसराइ गरि आएका अमृता योन्जन , बारा जिल्लाबाट आएका रामबहादुर तामाङ र काभ्रे जिल्लाबाट आएका प्रेमनाथ दाहाललाई कृषि तथा पशुपालन क्षेत्रमा लाग्न पालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत जनही ५० हजारको चेक उपलब्ध गराइएको पालिका अध्यक्ष विदुर हुमागाँईले बताउनु भयो ।



अनुदान पाएका तिनै जनाले पशुपालन गर्ने योजनाका साथ गाई खरिद गरि ब्यवसाय शुरु गर्न लागेकोले पशुपालन लगायत अन्य कृषि कार्यको लागि गाउँपालिकाले प्राविधिक लगायत अन्य सहयोग गर्ने कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो ।

पालिकाले चालु आर्थिक वर्षमा अन्य जिल्ला वा स्थानीय तहबाट यस पालिकामा बसाइँसराइ भई आएमा प्रति परिवार रु. ५० हजार अनुदान बापत उपलब्ध गराउने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी , विभिन्न शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारी एवम् सेवाग्राहीहरुको उपस्थिति रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup