बालश्रम न्यूनीकरण सम्बन्धि चित्रकला कार्यक्रम सम्पन्न

०६ कार्तिक २०७८ – सक्षम युवा संजालको आयोजनामा मकवानपुरगढी २ शिखरकटेरी मा बालश्रम न्यूनीकरण सम्बन्धि चित्रकला कार्यक्रम सम्पन्न भएको छ ।

सक्षम युवा संजालकी अध्यक्ष रुपा तिमिल्सिना को सभाध्यक्षतामा भएको कार्यक्रमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा वडाअध्यक्ष बखान सिंह पाख्रिन को प्रमुख आथित्यता र ग्रामीण महिला सेवा केन्द्रको कोषाध्यक्ष सुलोचना स्याङ्तान को विशिष्ट आथित्यता रहेको थियो ।

प्रतिस्पर्धामा नमी वि.क तृतीय, आयुष पाख्रिन द्धितीय र बुद्धिमान थिंङ्ग प्रथम भएका थिए भने १५ जनाले प्रतिस्पर्धाको लागी भाग लिएका सबैलाई प्रमाणप्रत्र प्रदान गरिएको थियो ।

कार्यक्रम बोल्नुहुदै वडा वडाअध्यक्ष एबं कार्यक्रमका प्रमुख आथिती बखान सिंह पाख्रिनले बालबालिका क्षमता उजागर गर्ने यो राम्रो अवसर रहेकोले यस्तै अन्य कार्यक्रममा सहभागी हुन सहभागीहरुलाई अनुरोधसमेत गर्नु भयो ।

तेस्तै ग्रामीण महिला सेवा केन्द्रको कोषाध्यक्ष एबं कार्यक्रमकी विशिष्ट अथिति सुलोचना स्याङ्तानले परिबर्तनका सम्भाक सहजीकरण कक्षामा सिकेका कुराहरु अन्य साथीहरु सिकाउदै आफ्नो ब्यबहारमा समेत उतार्नु पर्नेमा जोड दिदै लैंगिक विभेद अन्त्य तथा बालिका अधिकार प्रत्याभूत गर्न बढी केन्द्रित रहेको बताउनुभयो ।

कार्यक्रम संचालन गर्न ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेशनल को संयुक्त साझेदारीमा संचालन भएको नेतृत्व र निर्णय कार्यक्रम बाट पुरस्कार तथा प्रमाणपत्र उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup