शिक्षा बिनाको बिकास अपुरो — जिसस प्रमुख खुलाल

२९ कार्तिक २०७८, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शिक्षा र चेतना बिनाको बिकास  अपुरो हुने बताउनु भएको छ । मकवानपुरगढी गाउँपालीकाको शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत शिक्षक सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै खुलालले शिक्षा बिना बिकासलाई ब्यबस्थित र ठिक ढङ्गले अगाडि बडाउन नसकिने बताउनु भयो । समाज रुपान्तरणमा शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै मकवानपुरगढी गाउपालीकाको शिक्षक श्वर्णिम अबकास कार्यक्रमले शिक्षकहरुको सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा मकवानपुरगढी गाउपालीका अध्यक्ष बिदुर हुमागााईले मकवानपुरगढी गाउँपालीका शिक्षा र शिक्षक मैत्री बताबरणका साथ अघि बडेको बताउनु भयो । समाज रुपान्तरणमा शिक्षकहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै अबकास पछिको अबधिमा पनि सिप र दक्षताको आधारमा गाउँपालीकाले अबसर दिने बताउनु भयो । अध्यक्ष हुमागाईले शिक्षक श्वर्णिम अबकास कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिने बताउनु भयो । शिक्षक श्वर्णिम अबकास कार्यक्रम अन्तरर्गत मकवानपुरगढी गाउँपालीकाले १३ जना शिक्षकलाई सम्मान गरेर बिदाइ गरेको छ ।

सम्मानित हुने शिक्षकहरुमा केदारनाथ ढुङगाना, गोबिन्द बहादुर तिमल्सिना , कौशिल्या कुमारी लुईटेल , अच्युत प्रसाद पोखरेल ,रमेश कुमार पराजुली, सिताराम दहाल ,शुभद्रा लामिछाने, शत्रुघन दुलाल, सिताराम प्रसाद न्यौपाने, कृष्ण प्रसाद पारजुली , नारायण प्रसाद गौतम, ईन्द्रमणि सापकोटा, शिब प्रसाद लामिछाने हुनु हुन्छ । उहाहरुलाई दोसल्ला ओडायर सम्मान पत्र सहित बिदाई गरिएको छ ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी , वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे , वडा नम्बर ५ का अध्यक्ष जीत बहादुर घिमिरे, नेपाली काग्रेस गाउपालीका शिक्षा संयोजक दोर्जेलामा स्याङतान , नेकपा माओबादी केन्द्र गढी गाउँपालीका अध्यक्ष राजकुमार खड्का, भानु माबि बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष मानकुमारी पाख्रिन लगायत बिधालयका प्रधानाध्यापक,शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

 

 

Flash News समाचार स्थानीय