नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तिर्थ थापा मगर सर्वसम्मत् चयन भएको छ । उपमहागर सम्मेलनले मंगलबार (आज) थापा मगरलाई नेतृत्वमा चयन गरिएको हो ।
यसैगरी, उपाध्यक्षमा (महिलातर्फ) सोनी गुरुङ, कोषाध्यक्षमा तारादेवी मोक्तान, सहसचिवमा रामकुमार बानियाँ सर्वसम्मत् रुपमा चयन भएका छन् ।
उपाध्यक्ष महिला एकजनासहित ३ जना हुनुपर्नेमा खुल्लातर्फबाट २ जना बाँकी रहेको र सचिवमा पनि सहमति जुट्न नसकेकोमा अब सम्मेलन लगतै बस्ने पहिलो बैठकबाट उक्त पदाधिकारीहरु टुङ्ग्याइने जनाइएको छ ।
केन्द्रको ८१ सदस्यीय उपमहानगर कमिटी रहने प्रावधान अनुसार ७३ जना चयन भइसकेका छन् भने मनोनित हुने बाँकी ९ जना अबको बैठकबाट मनोनित हुने बताइएको छ ।
माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ललित घलान, हेटौंडा उपमहानगर इन्चार्ज विवेक राईसहितको उपस्थिति रहेको सम्मेलनको बन्द सत्रबाट उल्लेखित पदाधिकारीहरु सर्वसम्मत् चयन भएका हुन् ।