गैर सरकारी संस्थाहरुलाई स्थानीय तहसंगको समन्वयमा कार्यक्रम गर्न जिसस प्रमुख खुलालको सुझाव


२७ पौष २०७८ –जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहसंग समन्वय गरेर मात्र कार्यक्रमहरु संचालन गर्न गैरसरकारी संस्थाहरुलाई सुझाव दिनुभएको छ । मंगलबार जिल्लाको मनहरी गाउँपालिकामा प्लान ईन्टरनेसनलको आर्थिक सहयोगमा संचालित विभिन्न कार्यक्रमहरुको स्थलगत निरिक्षणका क्रममा उहाँले यस्तो सुझाव दिनुभएको हो । प्रमुख खुलालले स्थानीय तह स्थानीय सरकारका रुपमा रहेकाले सरकारलाई सहयोग पुग्ने गरि कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो । उहाँले कतिपय कार्यक्रमहरु स्थानीय तहसंग मिल्दो जुल्दो हुने हुँदा एउटै प्रकृतिका कार्यक्रमहरु एकै स्थानमा संचालन नहोस भन्नका लागि पनि समन्वय र सहकाय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले मनहरी गाउँपालिकामा संचालित कार्यक्रमहरु प्रभाबकारी पाईएको भन्दै सामाजिक गतिबिधिको प्रभाब तत्काल नदेखिए पनि सकारात्मक सुरुवातको लक्षण देखिएको खुलालले बताउनु भयो । कार्यक्रमले समुदाय स्तरमा पारेको प्रभाब, त्यसले ल्याएको सकारात्मक परिबर्तन, ईसिडी कक्षा ब्यबस्थापन, बिधालयलाई गर्ने भौतिक निर्माणमा सहयोग, सामाजिक रुपान्तरणको सवाल, बाल संरक्षण, युवा र किशोरीहरुमा क्षमता अभिबृद्धीको सवालमा आएको परिबर्तनको बिषयमा अनुगमन गरीएको थियो । जिल्ला समन्वय समितिको अगुवाईमा प्लान ईनटरनेशनल नेपाल, राडो नेपाल, आई भिडिएस्, सिडियो नेपाल, आर डब्लु एस सि र संचारकर्मीको टोलीले संयुतm अनुगमन गरेको हो । अनुगमन टोलीले मनहरी–९ खरङगामा रहेको युवा बर्ष आधारभुत बिधालयमा राडो नेपाल र सिडियो नेपालले संचालन गरेको बालसंरक्ष संबन्धी कार्यक्रम, मनहरि ६ नयाँबस्तीमा एकिकृत ग्रामिण बिकास संस्था आई भि डि एसले संचालन गरेको अभिभाबक शिक्षा कार्यक्रम र मनहरी ३ हाडीखोलामा ग्रामिण महिला सेवा केन्द्रले संचालन गरेको परिबर्तनका संबाहक सहजिकरण कक्षाको अनुगमन गरीएको थियो । कार्यक्रममा जिल्ला संमन्वय अधिकारी आनन्दराज पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्षमण घिमिरे,गैर सरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, बाल अधिकार समिति बागमति प्रदेश सदस्य तथा सिबिन बाल हेल्पलाईनका झबिन्द्र ज्ञवाली, राडो नेपालका उपाध्यक्ष रामजी सापकोटा, कार्यक्रम संयोजक दिपेन्द्र पाठक,राजेन्द्र लामा , ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम सम्योजक दिपक न्यौपाने ,जिसस प्रेस संयोजक बिबश अधिकारी , नेपाल पत्रकार महासंघ मकवानपुरका सह सचिव एम पि शर्मा , सिडियो नेपालका अर्जुन खड्का,IVDS का सचिव मिनराज पौडेल, संजीब कुमार जोशी, प्लान ईनटरनेशनल नेपालकी सपना थापा लगायतकाको सहभागिता रहेको थियो ।

Flash News Slide समाचार स्थानीय