सधै किसानसंगै खेतबारीमै रमाउने मकवानपुरका कृषि प्राबिधिक चन्द्रकान्त चौधरी

२० माघ २०७८- सिराहा जिल्ला सखुवानकट्टी गाउँपालिका वडा नम्बर–५ महेशवारी घर भएका ४१ वर्षिय चन्द्रकान्त चौधरी हाल मकवानपुरगढी गाउँपालिकामा कृषि अधिकृतको रुपमा काम गर्दै आउनु भएको छ । घर तराइका जिल्लामा भएपनि उहाँले मकवानपुरमा धेरैवर्ष कृषि प्राबिधिकका रुपमा काम गर्नुभयो ।

सधै किसानसंग मात्र रमाउन चाहने चौधरी अहिले कृषि साखाको प्रमुखको जिम्मेवारी समेत समाल्नु परेको छ । उहाँको हरेक दिन किसानको हितका निम्ति काम बित्ने गरेको छ । २०६० साल देखि कृषि सेवामा प्रवेश गर्नु भएका चौधरीको शुरुको नियुक्ति बाली विकास निर्देशनालय हरिहर भवन अन्तर्गतको कपास विकास शाखामा भएको हो । त्यसपछि क्षेत्रीय वीउ विजन प्रयोगशाला हेटौडा मकवानपुर, सुन्दरपुर कञ्चनपुर, जिल्ला कृषि विकास कार्यालय मकवानपुर, रसुवा हुँदै अहिले मकवानपुरगढी गाउँपालिका, मकवानपुरमा कार्यरत हुनुहुन्छ । उहाँको जागिरे जिवनको धेरैवर्ष भने मकवानपुरमै वित्यो ।

उहाँले कार्यालयहरुको प्रकृति अनुसार तथ्यांक कम्पाइलेशन, वीउको गुणस्तर नियमन नियन्त्रण, कृषि प्रसार सेवा प्रवाह गरि तीन थरिका कार्यालयहरुमा काम गर्ने अवसर प्राप्त भई तीनै थरिको अनुभव बटुल्ने अवसर प्राप्त भयो । यी सवै कार्यालयहरुमा असिस्टेन्टको रुपमा काम गरे र कार्यालयले दिएको जिम्मेवारी आफूले जानेबुझेसम्म समयमै कार्य सम्पन्न गर्नमा सहयोग गरको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘सरकारी सेवामा काम हुदैन घाम तापेर दिन बिताउँछ तर मैले कहिल्यै पनि त्यस्तो दिन भोग्नु परेन काम नपाएर कहिल्यै बस्नु परेन जहिले पनि कामको चाप उत्तिकै देख्छु र तोकेको जिम्मेवारी भन्दा पनि केहि अतिरिक्त क्रियाकलापहरु गदै जानुपर्छ भन्ने अनुभव प्राप्त गरेको छु ।’

उहाँ एउटा कृषि प्राविधिक भएको नाताले कृषकहरुले भोगिरहेको समस्या कृषकको खेतबारीमै पुगेर समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यताका साथ प्रायःजसो कृषकहरुको खेतबारीमा पुगिरहनुहुन्छ । किसानको खेतबारीमा पुग्दा कृषकहरु उत्प्रेरित भई खेतबारीमै प्राविधिक सेवा उपलब्ध भएपछि व्यवसायिक खेती तर्फ आकर्षिक भएको देखिन्छ भन्ने कृषकहरुको खेतबारीमा पुग्दा खास समस्याको वारेमा प्रत्यक्ष अवलोकन गरि समाधानको उपायहरुको वारेमा कृषकहरुलाई जानकारी गराई समाधान गर्ने प्रयास गरिरहेको पाइएको छ । कृषकहरु धेरै अनुभवी हुने भएकोले वहाँहरुबाट पनि धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएको चौधरी बताउनुहुन्छ ।

कृषकहरुको खेतबारीमा पुग्दा एकातिर कृषकहरुले आफ्नै खेतबारीमा प्राविधिक सेवा पाएर खुशी भई उत्साहित हुन्छन भने आफूले दिएको सेवाले कृषकहरुको व्यवसाय विस्तार भई स्वरोजगार हुनुको साथै कृषकहरुको आम्दानीमा वृद्धि भएको देख्दा उहाँलार्ई आत्मसन्तुष्टि हुने बताउनुहुन्छ ।

प्राबिधिकले दिएका सल्लाह सुझाव अनुसार सवै कृषकहरुलाई शुरुमै नयाँ प्रविधि ग्रहण गर्न गाह्रो मानिरहेको हुन्छ । तथापी अगुवा कृषकहरु एकैपटकमा ग्रहण गरि प्रविधिमैत्री विधि अपनाई आफ्नो कृषि व्यवसाय विस्तार गरिरहेका छन् र अगुवा कृषकहरुको सफल भएपछि साना कृषकहरु पनि पछि पछि प्रविधिमैती खेती तर्फ आकर्षिक भैरहेको देखिन्छन् । वास्तवमा विभिन्न बालीको खेती गर्दा कृषकहरुले विभिन्न रोग, किरा, खाद्यतत्वको कमी, प्राकृतिक प्रकोप लगायतका समस्याहरु भोगिरहेका हुन्छन् । उक्त समस्या समाधानको लागि कृषकहरुमाझ जनचेतना जगाउने र आईपरेका समस्याहरुको स्थलगत अनुगमन गरि समस्याको पहिचान गरि समाधान गर्ने प्रयास गर्ने गरिएको उहाँले अनुभब सुनाउनुभयो ।

आम किसानहरुलाई नयाँ प्रविधि सम्बन्धी जानकारी एवम् विभिन्न रोगकिराबाट हुने नोक्सानीको विषयमा कृषि प्रसारका विभिन्न माध्यमहरुबाट जानकारी गराउने कार्य गरिरहेको उहाँ बताउनुहुन्छ । वडा वडामा रहेका कृषि प्राविधिकहरु मार्फत कृषक समूह, सहकारीमा बैठक, तालिम, साथै रेडियो, पत्रपत्रिका एवम् सामाजिक संजाल मार्फत समेत जानकारी दिने कार्य गरिरहेको उहाँले बताउनुभयो ।

नेपालमा साना साना किसानको बाहुल्यता रहेको र जग्गाको खण्डीकरणले गर्दा कृषिमा व्यवसायिकता हुन नसकेको यथार्थ उहाँले सुनाउनुभयो । बिगत केही वर्षदेखि कृषि क्षेत्र व्यवसायिक उन्मुख रहेको देखिन्छ र यसलाई थप व्यवसायिक बनाउदै लैजानु पर्ने बताउनुहुन्छ ।
कृषि क्षेत्रमा जुन रुपमा व्यवसायिकरण हुनुपथ्र्यो त्यो हुन नसकेको बताउँदै उहाँ भन्नुहुन्छ–‘अहिले केही ठाउँहरुमा विशेष गरि तरकारी उत्पादनको क्षेत्रमा व्यवसायिकरण हुँदै गईरहेको देखिन्छ र यो हावापनी सुहाउँदो सवै बालीहरुको व्यवसायीकरण सँगै औद्योगिकीकरण गर्दै लैजानुपर्दछ । कृषि क्षेत्रको व्यवसायीकरण हुन नसक्नुको धेरै कारणहरु रहेका छन् । मुख्य कारणहरुमा खेतीयोग्य जमिनको खण्डीकरण, जग्गाको वर्गीकरण हुन नसक्नु, पुँजीको अभाव, खेतीयोग्य जमिनमा सिंचाई उपलब्ध नहुनु, समयमा मल, वीउ लगायतका उत्पादन सामाग्री उपलब्ध हुन नसक्नु, उत्पादनको उचित भण्डारण र बजार सुनिश्चितता नहुनु नै व्यवसायीकरणको मुख्य वाधक हो ।’

नेपालमा कृषिजन्य उत्पादनमा खाद्यान्नको बर्चश्व प्रमुख रहेको भएपनि आजसम्म नेपालको कृषि क्षेत्रले खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न नसकेको यथार्थ छ । यसको मतलव कृषि क्षेत्रमा काम नभएको पनि होइन । पहिलाको तुलनामा खाद्यान्नबालीको उत्पादन र उत्पादकत्व बढेको देखिन्छ र उत्पादकत्व अझै पनि बढाउन सक्ने प्रशस्त आधारहरु पनि छन् । तथापी खेतीयोग्य जग्गा घडेरीकरणमा परिणत हुनु, जनसंख्या वृद्धि, दिनानुदिन जग्गा बाँझो हँुदै जानु र अन्य विकसित मुलुकको तुलनामा उत्पादकत्व कम हुनु नै मुख्य कारण हो ।

उहाँले गरेको सेवा अवधिमा मकवानपुर जिल्लामा रहेर सेवा गरेको आधाभन्दा धेरै भैसक्यो । यस जिल्लाको हावापानी अरु जिल्लाको भन्दा धेरै नै विविधता रहेको बताउँदै उहाँ भन्नुहुन्छ–‘तराई देखि हिमाल सम्मको हावापानी भएको भौगोलिक बनावट रहेको छ र हावापानी अनुसार धेरै किसिमका बालीहरु खाद्यान्न, दलहन, तेलहन, फलफूल र तरकारी बालीहरु मौसमी तथा बेमौसमी रुपमा उत्पादन भैरहेका छन् ।’ मकवानपुरमा पनि ठाउँ विशेष केही स्थानहरु नेपालमै नाम चलेका उत्पादनहरु पनि रहेको छ । जस्तै हाँडीखोलाको तरकारी, बेमौसमी तरकारीको लागि थाहा नगरपालिका, भीमफेदीको गाँजर, सिस्नेरीको सुन्तला, मकवानपुरगढीको गोलभेडा आदि ।

मकवानपुर यस जिल्लाका किसानहरु धेरै नै अनुभवी हुनुहुन्छ । लामो समयदेखि तरकारी र अन्न खेती गरिरहेका किसानलाई प्राबिधिकले धेरै कुरा सिकाईरहनु पर्दैन । पहिला देखि नै निरन्तर रुपमा खेती गर्दे आईरहेका किसान धेरै छन् । तरपनि समय परिवर्तनशील हुन्छ । जलवायुमा केहि परिवर्तन भएको छ, नयाँ नयाँ प्रविधिहरुको विकास र विस्तार निरन्तर भैरहेको हुन्छ । पहिलाको तुलनामा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गईरहेको देखिन्छ । त्यसैले अवका दिनहरुमा कृषकहरुले व्यवसायिक योजना बनाई, बालीपात्रो अनुसार माटोको परिक्षण गरि गराई माटोको सुधार गरेर हावापानी सुहाउँदो बालीको प्रविधिमैत्री खेती गर्दा किसानहरु बढी लाभान्वित हुने उहाँको सुझाब छ ।

किसानको खेतवारीमा पुग्दा किसानले गरिरहेको क्रियालापहरु र भोगिरहेको समस्याहरु प्रत्यक्ष रुपमा अवलोकन गर्ने र अन्तरक्रिया गर्ने उहाँको दैनिकी जस्तै हो । किसानले भोगिरहेको समस्याहरुको वारेमा छलफल गरि तत्काल समाधानको उपाय भन्न पाउँदा र किसान खुशी भएको देख्न पाउँदा मन आनन्दीत हुने उहाँ बताउनुहुन्छ । अब किशालहरुले परम्परागत निर्वाहमुखी खेती पद्धतीलाई क्रमशः व्यवसायिक बनाउँदै लैजानु, व्यवसायिक खेती गर्दा अरुको लहै लहैमा लागेर जथाभावी लगानी नगर्नु, व्यवसाय शुरुवात गर्नुभन्दा पहिला आधारभूत प्राविधिक ज्ञान हासिल गरेर, बुझेर, सिकेर, मात्र व्यवसाय शुरुवात गनु, स्थानीय श्रोत र साधनको अधिकतम प्रयोग गरि प्रविधिमैती खेती गर्नु र कृषिलाई एउटा व्यवसायको रुपमा स्थापित गर्नुपर्ने उहाँ देख्नुहुन्छ ।

अहिले वास्तविक किसान भन्दा पनि पहुचवाला किसानले अनुदान पाएको समाचारहरु विभिन्न संचारमाध्यममा आईरहेको देखिन्छ । सवैले आ–आफ्नो ठाउँबाट सकारात्मक सोच, दुढ ईच्छाशक्ति र लगनशील भएर काम गर्यौ भने यसतो समस्या नआउदैन उहाँ बताउनुहुन्छ ।
स्थानीय जनताले प्रत्यक्ष अनुभूत गर्न सकिने सवैभन्दा नजिकको सरकार भनेको स्थानीय तह हो ।

मकवानपुरगढी गाउँपालिकाले वास्तविक किसानलाई ध्यानमा राखेर अनुदानको कार्यक्रमहरु संचालन गरिरहेका छन् । स्थानीय तह संचालन भएको करिब पाँच वर्ष वित्न लाग्यो । यस गाउँपालिकाले हालसम्म संचालन गरेको अनुदानको कार्यक्रमहरुमा सवै वास्तविक किसानलाई मात्र समेटेको उहाँको अनुभब छ ।

कृषिमा भईरहेको अनुदान प्रणालीलाई सुधार गर्न पहिचान सहितको किसान वर्गीकरण र वर्गीकरणको आधारमा अनुदान गर्नुपर्ने, अहिले उत्पादन सामाग्रीमा अनुदान दिईरहेकोमा क्रमशः उत्पादनमा आधारित अनुदान प्रवाहको किसानका अनेक समस्याहरु हुन्छन ।

किसानहरुको खेतबारीमा पुग्ने र समाधानको उपाय बताउने आफ्नो कर्तव्य रहेको बताउँदै उहाँ भन्नुहुन्छ–‘मकवानपुरगढी गाउँपालिकामा किसानहरुको समस्या समाधानका लागि हरेक वडामा कृषि प्राविधिकको व्यवस्था गरेको छ र ती प्राविधिकहरु मार्फत किसानहरुको समस्या बझ््ने र समाधान गर्ने कार्य गरिरहेका छौ । कतिपय समस्याहरु पालिकास्तर बाटै समााधन भईरहेको छ भने पालिकास्तरबाट समाधान हुन नसकेको विषयहरुमा प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर समाधान गरिरहेको छौ ।’

मकवानपुरगढी गाउँपालिकामा विशेष गरेर प्लाष्टिक टनेल भित्र गोलभेडा खेती व्यापक रुपमा विस्तार भएका छन् । साथै लहरे तरकारीहरु (काँक्रो, करेला, फर्सी,), काउली, भन्टा, रायो साग लगायतका तरकारीहरु व्यवसायिक रुपमा खेती भईरहेका छन् । त्यसैगरि खाद्यान्नमा मकै, धान, कादो तेलहनबालीमा तोरी, दलहनबालीमा सिमी र फलफूलमा केरा, लिची, कागती र डागन फ्रुट लगातयका बालीहरु लगाएका छन् ।
मकवानपुरगढी गाउँपालिकाले विदेशबाट सीप सिकेर फर्केका युवाहरुलाई स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनका लागि रु पाँच लाख सम्मको अनुदानको व्यवस्था गरेको छ । त्यसैगरि कृषि तथा पशुक्षेत्रमा व्यवसायिक गर्नेलाई उत्पादन सामाग्री, यन्त्रउपकरण, प्रविधि हस्तानतरण र कृषि ऋणमा व्याज अनुदानको समेत व्यवस्था गरेको छ । जनपत्र अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup