मकवानपुरगढी गाउँपालीकालाई बालमैत्री घोषणा गर्न ५१ सदसीय मुल आयोजक समिति गठन ।

३० फल्गुन २०७८-मकवानपुरगढी गाउँपालीकालाई यहि चैत्र १२ गते बालमैत्री स्थानीय शासन युक्त गाउँपालीका घोषणाको लागि तयारी तिब्र पारिएको छ ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री घोषणाको लागि ५१ सदसीय आयोजक  मुल समारोह समिति गठन गरीएको छ ।  आज भएको सरोकारवालाहरुको बैठकले गढी गाउँपालीका अध्यक्ष बिदुर हुँमागाईको अध्यक्षतामा ५१ सदसिय आयोजक मुल समारोह समिति गठन गरीएको हो । बैठकले ७ वटा उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । उप समितिहरुमा सूचना तथा जनपरिचालन उप समिति  , खानेपानी, सरसफाई तथा चियापान उपसमिति, मञ्च, स्वागत गेट निर्माण उपसमिति , स्वागत सम्मान ब्यबस्थापन उपसमिति , प्रचार प्रशार, छपाई ब्यबस्थापन उपसमिति , आर्थिक परिचालन उपसमिति लगायतका समिति निमार्ण गरी बालमैत्री घोषणा सभालाई भब्य बनाउने निर्णय गरेको हो ।   बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले  बालमैत्री गाउँपालीका  घोषणा गरीन लागेको गाउँपालीका अध्यक्ष बिदुर हुमागाईले बताउनु् भयो ।  सबै वडाहरुलाई  बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त  गरी फाल्गुन २७ गते बाल मैत्री वडा घोषणा गरी सकिएकाले  आउदो चैत्र १२ गते पालीकालाई नै  बालमैत्री घोषणा गरिन लागिएको अध्यक्ष हुमागाईले बताउनु भयो ।  गाउँपालीकाले पुरा गरेका सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारबाट अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि पालिकालाई बाल मैत्री घोषणा गरिने मकवानपुरगढी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनिले बताउनु भयो । बालमैत्री घोषणा कार्यक्रममा राष्टिय कलाकारको प्रस्तुती पनि रहने गाउँपालीकाले जनाएको छ ।

कार्यक्रमा  प्रमुख प्रशासकिय अधिकृत रामककुमार पुडासैनी, वडा नम्बर २ का   अध्यक्ष बखानसिं पाख्रिन , वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे, वडा नम्बर ४ का अध्यक्ष राम प्रसाद तिमल्सीना, ५ नम्बर वडाका अध्यक्ष जीतबहादुर घिमिरे, ६ नम्बर वडा अध्यक्ष टिका प्रसाद दहाल ,गाउँपालीकाका  शाखा प्रमुखहरु युबराज पौडेल ,धुर्ब लामिछाने ,  राम बहादुर गुरुङ अधिबक्ता रामशरण लामिछाने ,कबिराज हुमागाइ , आर पि दहाल  , नेकपा एमाले मकवानपुरगढी गाउँपालीका अध्यक्ष रामजी सापकोटा, माओबादी केन्द्रका पालीका अध्यक्ष राजकुमार खड्का, एकिकृत समाजबादीका पालीका सचिव रोमनाथ रेग्मी,राप्रपाका कृष्ण बिडारी, चण्डीका मा बि का प्रअ कमल फुयाल, भानु माबिका प्र अ  राजेन्द्र थापा , जनता मा बि का प्रअ होम नेपाली, जाल्पादेबि माबि का प्रअ राजु गौतम , शारदा माबि का प्रअ र्तीथ खड्का ,कालीदेबि आधारभुत बिध्यालयका प्रअ बिश्णु खड्का , राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठक, राजेन्द्र लामा लगायत  विभिन्न सामाजिक संघ संस्थाका प्रमुख  लगायतकाको सहभागिता रहेको थियो

बालमैत्री घोषणाको लागि गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी कामलाई तीव्रता दिएको छ ।  गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको छ । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा,विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।

बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका अन्तरगत चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो मकवानपुरगढी गाउँपालिका  हुने छ  ।  बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा मकवानपुरगढी  रहने  छ।  पहिलो गाउँपालिका भने पाल्पा जिल्लाको रम्भा गाउँपालिका  रहेको छ । कार्यान्वयन निर्देशिका २०७८ मा ५१ वटा सुचक छन् भने कार्यान्वयन निर्देशिका २०६८ मा ३९ वटा सुचकमा रहेर काम गरिएको छ। यसैबिच मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा स्वीकृतिका लागि जिल्ला समन्वय समिति मकवानपुरसंग सिफारिस मागेको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरलाई गाउँपालिकाले गरेका कार्यप्रगतिको प्रतिवेदन र नीतिगत दस्तावेजसहित बागमती प्रदेश सरकारलाई स्वीकृतिका लागि सिफारिस गरिदिन माग गरेको हो ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जिसस प्रमुख रघुनाथ खुलाललाई गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका गर्ने लक्ष्यका साथ कार्यप्रकृया अगाडी बढाएको हुँदा सोको अनुगमन गरि बालमैत्री स्थानीय शासन कार्यानव्यन निर्देशिका २०७८ बमोजिम प्रदेश सरकारलाई सिफारिस गरिदिन आग्रह गर्नुभयो । सो क्रममा उहाँले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति तथा कार्यान्वयन कार्यविधि २०६८ र घोषणा कार्यविधि २०७० र बालमैत्ती स्थानीय शासन निर्देशिका २०७८ बमोजिम आवश्यक ५१ व्टा सुचक मध्ये ४० वटा सुचक शत प्रतिशत र ११ वटा सुचक ८० देखि ९७ दशमलव ९७ प्रतिशतसम्म पुरा भएको बताउनुभयो ।

सो प्रतिवेदन बुझ्नुहुँदै प्रमुख खुलालले स्थानीय तहमा अनुगमन पश्चात मात्र सिफारिस गर्ने बताउनुभयो । उहाँले उपप्रमुखको नेतृत्वमा ५ सदस्य अनुगमन समिति समेत गठन गरेर तुरुन्त अनुगमन सुरु गर्न समेत निर्देशन गर्नुभएको छ । आगामी चैत्त १२ गते घोषणा गर्ने तयारी भएकाले यथासक्य छिटो अनुगमन गरेर विवरण पेश गर्न उहाँले निर्देशन गर्नुभयो । साथै उहाँले घोषणा मात्र ठुलो कुरा नभएकाले त्यसको दिगोपनका बारेमा समेत ख्याल गर्न गाउँपालिकालाई सुझाव दिनुभयो । गाउँपालिकाले ५ वर्षे रणनितिक योजनाका साथ काम अगाडी बढाएर आगामी चैत्र १२ गते बालमैत्री युक्त गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ ।

Flash News Slide समाचार स्थानीय