८ बैशाख २०७९ मकवानपुरगढी गाउँपालिकामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मक्रान्चुलीमा रहेको ३ नम्बर वडा कार्यालयको माथिल्लो तलामा निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मकवानपुरगढी गाउँपालीका उपाध्यक्ष हर्कमाया रुम्बाले निर्बाचन अधिकृतको कार्यालयको उद्धघाटन गर्नु भयो ।
मकवानपुरगढी गाउँपालीकामा निर्बाचन अधिकृतको रुपमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव नारन प्रसाद पोखरेल खटिनु भएकोे छ । सहायक निर्बाचन अधिकृतको रुपमा मकवानपुरगढी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी रहनु हुने छ । निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् ।
कार्यक्रममा निर्बाचन अधिकृत नारन प्रसाद पोखरेल, मकवानपुरगढी गाउँपालीकाका प्रमुख प्रसासकिय अधिकृत रामकुमार पुडासैनी , वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरे , नेकपा एमाले मकवानपुरगढीका अध्यक्ष रामजी सापकोटा , नेपाली काग्रेसका प्रतिनिधि बिजय लामा ,नेकपा माओबादी केन्द्रमकवानपुरगढीका अध्यक्ष राजकुमार खड्का , एकिकृत समाजबादी मकवानपुरगढीका अध्यक्ष अर्जुन दहाल, राप्रपाका कृष्ण बिडारी, राप्रबीसंका जील्ला अध्यक्ष प्रकाश चौलागाई , देबनारायण लामिछाने , प्रेम प्रसाद दहाल, कृष्ण प्रसाद पोखरेल ,लगायत सुरक्षाकर्मी, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।
मकवानपुरगढीमा सर्बदलिय बैठक,निर्बाचन आचार संहिताको पुर्ण पालना गर्ने दलहरुको प्रतिबद्धता ।
मकवानपुरगढी गाउँपालीकामा चुनाबलाई निश्पक्ष र भयरहित बातारणमा सम्पन्न गराउन सबै दलहरुले प्रतिबद्धता जनाएका छन । निर्बाचन अधिकृतको कार्यालय स्थापना पछि बसेको सर्बदलिय बैठकमा दलका पालीका प्रमुख तथा प्रतिनिधिहरुले निर्बाचन आचार संहिताको पुर्ण पालना गर्ने , निर्बाचनलाई शान्ति पुर्ण र निश्पक्क्ष बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
बैठकमा निर्बाचन अधिकृत नारन प्रसाद पोखरेलले बैषाख ३० गते हुने निर्बाचनको कार्यतालिका र आचार संहिताको बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा दलका प्रतिनिधिहरुले निर्बाचनमा खटिने कर्मचारीलाई निश्पक्ष रुमा काम गर्न र आचार संहिता पालना भए नभएको अनुगमन गर्न पनि आग्रह गरेका छन ।
बैठकमा नेकपा एमाले मकवानपुरगढीका अध्यक्ष रामजी सापकोटा , नेपाली काग्रेसका प्रतिनिधि बिजय लामा नेकपा माओबादी केन्द्र मकवानपुरगढीका अध्यक्ष राजकुमार खड्का , एकिकृत समाजबादी मकवानपुरगढीका अध्यक्ष अर्जुन दहाल, राप्रपाका कृष्ण बिडारी, राप्रबीसंका जील्ला अध्यक्ष प्रकाश चौलागाई , अर्जुन चौरेल, देबनारायण लामिछाने , प्रेम प्रसाद दहाल, कृष्ण प्रसाद पोखरेल ,लगायत सुरक्षाकर्मी, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको कार्यतालिका
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले बनाएको छ । त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उम्मेदवारको योग्यता के हो ?
स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ।
उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनु पर्छ । ऐन अनुसार सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन्।
संगठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि स्थानीय निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्। तर स्थानीय तहमा उम्मेदवार हुन कुनै पनि दलको सदस्य भएकै हुनुपर्छ भन्ने बाध्यता छैन।