इच्छुकको स्मृती दिबसमा प्रेस सेन्टर मनहरीद्वारा जनप्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त

सहिद कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अबसरमा शुक्रवार मनहरीमा एक बृहत कार्यक्रम भएको छ । प्रेस सेन्टर नेपाल मनहरी गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा ´इच्छुक ´ को तस्बिरमा माल्यार्पण समेत गरेको थियो । माल्यार्पण गर्दै माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीर बहादुर घलान ( ज्वाला) ले नेपाली पत्रकारीता जगतले इच्छुकलाई भुल्न नहुने बताए । नेपाली पत्रकारीतामा इच्छुकको निकै गहन भुमिका रहेको भन्दै ज्वालाले स्वच्छ र जनमुखि पत्रकारीता आजको आवस्यकता भएको बताए ।
त्यसै गरि उक्त कार्यक्रमको अवसरमा मनहरी र राक्सिराङका नवनिर्वाचित जनप्रतिनिधिहरुहरुलाई बधाई ज्ञापन तथा शुभकामना ब्यक्त कार्यक्रम पनि भएको छ । नवनिर्वाचित मनहरीका अध्यक्ष रन्जन कालाखेती , राक्सिराङका अध्यक्ष राजकुमार मल्ल , मनहरीका उपाध्यक्ष सीता पुलामी मगर , राक्सिराङका उपाध्यक्ष बनस्तम थिङ , मनहरी-१ का अध्यक्ष शिव प्रशाद खनाल , २ का अध्यक्ष राजकुमार पाख्रीन , ३का अध्यक्ष अनन्त प्रकाश अर्याल , ४ का अध्यक्ष प्रकाश थापा, ५ का अध्यक्ष दीपेन्द्र अधिकारी , ६ का अध्यक्ष युवराज थपलिया , ७ का अध्यक्ष ठाकुर तितुङ , ८ का अध्यक्ष नारायण उप्रेती , र मनहरी -९ का अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रेस सेन्टर मनहरीले बधाई ज्ञापन गरि अबको ५ वर्षे कार्यकाल सफल होस भन्दौ शुभकामना व्यक्त गरेको थियो । माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) को प्रमुख आथित्यमा भएको कार्यक्रम प्रेससेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपाल बागमति प्रदेशका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का , नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर , नेकपा माओवादी केन्द्र मनहरीका उपाध्यक्ष दील बहादुर स्याङबो , नेपाली काङ्ग्रेस मनहरी गाउँकमिटीका सभापति प्रकाश बर्तौला , अनेमा संघ ( क्रान्तिकारी ) मनहरीका अध्यक्ष बिमला गलान , प्रेस सेन्टर नेपाल मकवानपुरका सह- सचिब दील बहादुर रुम्बा , प्रेस सेन्टर नेपाल पश्चिम क्षेत्रका इन्चार्ज उमेश राई लगाएको उपस्थिति रहेको थियो । कार्यक्रम पत्रकार राजकुमार स्याङबोले संचालन गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup