घरेलु रुपमा पुन:प्रयोग गर्न सकिने प्याड बनाउने तालिम सम्पन्न

२०७९ जेठ १७ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा ग्रामिण महिला सेवा केन्द्र हेटौडाको आयोजनामा पुन प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम सम्पन्न भएको छ । मे महिनाको  २८ तारिकको दिन विश्व महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजना गरिएको उक्त तालिम हेटौडा उ.मा.न.पा, मनहरी गा.पा,वागमति गा.पा र मकवानपुरगढि गा.पा मा  सञ्चालन गरिएको हो ।

हामिले भित्र लगाउने बस्त्र,तथा प्याडमा विशेष ध्यान पुप्याउनु पर्ने र रसाइन रहित प्याड बनाउन सिकाउने उद्धेश्य सहित ग्रामिण महिला सेवा केन्द्र र प्लान नेपालको संयुक्त आयोजनामा एक दिने पुन: प्रयोग गर्न मिल्ने प्याड निर्माण सम्वन्धि तालिमको आयोजना गरिएको संस्थाकी कोषाध्यक्ष सुलोचना स्याङतान बताउनु भयो।

सन् २०३० सम्ममा माहिनावारीलाई जीवनको सामान्य तथ्य बनाउने मुल नाराका साथ मनाइएको यस तालिममा कुल ६६ जना किशोरीहरुको सहभागिता रहेको थियो । तालिमा अभ्यास गदै सहभागिहरुले एक एक वटा प्याड निर्माण गर्नु भएको थियो र एक वटा वनाउन कपडा संस्थाबाट उपलब्ध गरईएको थियो । सवै सहभागिहरुले एक वटा प्याड आफु राख्ने र एक एक वटा प्याड साथि,छिमेकि, सि ओ सि का  भाईबहिनी तथा सहजकर्तालाई उपहार दिने र महिनावारी सरसफाई र स्वच्छताका बारेमा जानकारी गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सहभागि मध्येकी प्रिन्सा पौडेलले यो कार्यक्रम आफ्नो युवा महिलामा दिदि बहिनी तथा किशोरीहरुलाई पनि सिकाउने तथा गाउँपालिकाले बजेट उपलब्ध भएमा आफ्नो वडामा सबैलाई सिकाउने आफु पनि र घरको सबै जनाले अव बाट यहि प्याड प्रयोग गर्ने प्रतिवद्धता गर्नुभयो । सि ओ सि  सहजकर्ता सिता खत्रिले यस सिपलाई कक्षामा समेत जानकारी गराउने र पेपरमा ड्राफ बनाउन सबै बहिनीहरुलाई सिकाउने बताउनु  भयो ।

स्थानिय स्तरमा किशोरीहरुलाई सिप सिकाइएकोले आउदा दिनहरुमा सहभागिहरुले सक्रियता साथ तथा  व्यवसायिक रुपमा यस सिपलाई अगाडि बढाउनु भएमा स्वास्थयमा राम्रो हुनेका साथै आम्दानी समेत गर्न सक्ने अपेक्षा गरिएको संस्थाका कार्यक्रमका संयोजक दिपक न्यौपानेले गराउनु भयो । सो तालिमको सहजिकरण सुना मोक्तान र तिलिया चौधरीले गनुभएको थियो ।

Uncategorized