हेटौंडामा रहेको सन्चो हस्पिटल प्रा.लिको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विजय पुडासैनी चयन हुनु भएको छ । हस्पिटल सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस अघि अस्पतालको अध्यक्षमा राजेश बानियाँ हुनु हुन्थ्यो उहाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि पुडासैनी लाई अध्यक्ष पदमा चयन गरेको हो ।
अटो मोवाइलको क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि सक्रिय रहेका पुडासैनी स्वास्थ्य क्षेत्रमा पनि दूई वर्षदेखि निरन्तर सक्रिय रहँदै आउनु भएको छ । हस्पिटलको अध्यक्ष चयन भएपछि पुडासैनीले स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको सन्चो हस्पिटललाई मकवानपुरको नमूना हस्पिटल बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । अध्यक्ष पुडासैनीले आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने साथै गरिब र असहायलाई सहुलियत र निः शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । पुडासैनी मकवानपुर गढी ४ का स्थायी बासिन्दा पनि हुनु हुन्छ ।