मकवानपुरगढी गाउँपालिकाको कृषि विकास अधिकृत चन्द्रकान्त चौधरी बागमती प्रदेशकै उत्कृष्ट कृषि प्राविधिकको रुपमा सम्मानित हुनु भएको छ ।
कृषि विभाग, हरिहर भवन र नेपाल कृषि प्रसार समितिको आयोजनामा यही असार ३ र ४ गते काठमान्डौमा संचालन भएको “प्रभावकारी कृषि प्रसार सेवा प्रवाहको लागि कृषि अनुसन्धान”, प्रसार र शिक्षाको समन्वय र सवलीकरण विषयक कार्यशाला गोष्ठीको अवसरमा कृषि बिकास अधिकृत चौधरी सम्मानित हुनु भएको हो।
मकवानपुरगढी गाउँपालिकाको कृषि शाखाको प्रमुख समेत रहनु भएका चौधरीले मकवानपुरगढीमा माटो परिक्षणदेखि किसान क्रेडिट कार्ड लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आउनु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्