स्वास्थ्य क्षेत्रको विकासको लागि स्वास्थ्य मन्त्रीसँग छलफल

१८ साउन २०७९- मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामालाई माग प्रस्ताव पेश गरिएको छ । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा सहितको टोलीले मन्त्री लामासँग पालिका भित्र निर्माण गर्न बाकीँ रहेका स्वास्थ्य चौकी भवनबारे छलफल गरिएको हो ।

बुधबार मन्त्रालयमा मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २ शिखरकटेरी र वडा नम्बर ८ बुढीचौरमा स्वास्थ्यचौकी भवन निर्माणको लागि आवश्यक छलफल गरिएको अध्यक्ष स्याङ्तानले बताए ।

उनले स्वस्थ खानेपानी तथा सरसफाइका कार्यक्रमका साथै सामाजिक विकास मन्त्रालय अन्तरगत पर्ने गुम्बा निर्माण तथा स्तरिकरण, पयर्टन र विद्युतको विषयमा पनि छलफल गरिएको बताए । वडा नम्बर ६ डुम्रेकुनामा निर्माणधिन मकवानपुरगढी समुदायिक अस्पतालको लागि आवश्यक बजेटबारे समेत छलफल गरिएको अध्यक्ष स्याङ्तानले बताए ।

१५ शैयाको अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७७ जेठमा साइराम सुन्दर नेपाल जेभिले निर्माण ठेक्का लिएको अस्पतालको वाइरिङ र फिनिसिङ गर्न बाकीँ रहेको र ८५ प्रतिशत काम भइसकेको गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । संघीय सरकारको ९ करोड ४ लाख ४३ हजारको लगानीमा उक्त अस्पताल बनेको न्यौपानेले बताए ।

Flash News Slide समाचार स्थानीय