नेकपा माओवादी केन्द्र बागमतीप्रदेश उपाध्यक्षएवं मकवानपुर निर्वाचन क्षेत्र १ को (क) का उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले जुन–जुन बेला मुलुकमा संकट आइपरेको थियो त्योबेला काँग्रेस र कम्युनिष्ट मिलेर जाने गरेको बताउनुभएको छ । आज बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँ बजारमा लोकतान्त्रिकबाम गठबन्धनको चुनाबप्रचार–प्रसार समिति कार्यालयको उद्धघाटन कार्यक्रममा बोल्दै ‘छिन्तु’ ले सो कुरा उल्लेख गर्नुभयो ।

उम्मेदवार ‘छिन्तु’ ले मुलुकको संकट समाधान हेतु गठबन्धनले जित्नैपर्ने र त्यसका लागि प्रतिनिधिसभातर्फ रुख र प्रदेशसभातर्फ गोलाकारभित्रको हँसिया हथौडालाई मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले आफुहरुको बिजयले सिंहदरबारको पैसा यहाँको गाउँ–गाउँ, टोल–टोलमा वितरण गरी विकासको मूल फुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उम्मेदवार ‘छिन्तु’ ले अघिल्लो चरणको भोट यो देशको व्यवस्था बदल्न लागि मागेको र अबको भोट अवस्था बदल्नका लागि माग्नआएको जिकिर गर्नुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्