चुनाब सकिएको भोलीपल्टदेखि लालपुर्जा वितरण हुन्छ : डिना

 मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना ले निर्वाचन सम्पन्न भएको भोलीपल्टदेखि लालपुर्जा वितरणको काम थालिने बताउनुभयो । बिहिबार बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा आयोजित लोकतान्त्रिक बामगठबन्धनको चुनाब प्रचारप्रसार कार्यालयको उद्धघाटन गर्दै उपाध्यायले यस क्षेत्रमा लालपुर्जाको समस्या रहेको बताउँदै पुर्जा वितरणलाई व्यापकता बनाइने बताउनुभयो ।

‘यस क्षेत्रको मूख्य समस्या भनेको लालपुर्जाको समस्या रहेछ, भूमि आयोगले जग्गा नापी गर्ने काम गरिरहेको छ, चुनाब सकिएको भोलीदेखि नापी नभएका जग्गाहरुको नापी हुन्छ , नापी भइसकेको जग्गाको लालपुर्जा वितरण गरिनेछ , उहाँले भन्नुभयो । ’

यसअघि जितेर गएका उम्मेदवार फर्केर नआएको गुनासोप्रति इंगित गर्दै उम्मेदवार ‘डिना’ ले आफु जनताकै काम गर्न आएको र यहि जनताकै माझमा बसेर काम गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘म मेरो ठाउँलाई यस्तो बनाउन चाहन्छु, भोली म मरेर गएपनि मेरो सन्तानले गर्ब गरोस् भन्ने म चाहन्छु । ’

उम्मेदवार ‘डिना’ ले पालिकामा झोलुङ्गे पुल निमार्णमा नाएरै छाड्ने दाबी गर्नुभयो । राइगाउँ –तालढुंगा –क्यानटिङ सडक राष्ट्रिय गौरबको आयोजनाको डिपिआर भैसकेको बताउँदै उहाँले त्यसलाई पूर्णता दिन प्रदेशको बजेट प्रयाप्त नहुने र संघिय बजेट ल्याउने जिम्मेवारी आफ्नो भएको समेत प्रष्ट्याउनुभएको छ ।

Flash News Slide Uncategorized राजनीति समाचार स्थानीय