५ मंसिर २०७९ मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले सुरुवाती अग्रता लिएकी छन् । सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतगणनामा १ हजार ३३५ मत गणनाहुँदा उनले ७८९ मत प्राप्त गरेकी छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३५१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २७ मत प्राप्त गरेका छन् ।  हाल बागमती गाउँपालिकाको झुरझुरे क्षेत्रको मतगणना भइरहेको छ । ५८ मत भने बदर भएको छ ।

जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्