१६ जेष्ठ २०८०
अखिल नेपाल महिला संघ मकवानपुरले पार्टीका अग्रज महिलाहरुलाई सम्मान गरेर महिला अधिकार दिवस मनाएको छ । तत्कालिन भुमिगत कालमा पार्टीमा सेल्टर दाताको रुपमा र अनेमसंघको जिल्ला कमिटीमा रहेर पार्टी र सङ्गठनको निर्देशनमा महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्दै सामाजिक रुपान्तरणमा योगदान गर्नुहुने अग्रज महिलाहरुलाई सम्मान—पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो ।
सम्मानित हुनेमा बकैया १२ ठिङ्ग्नकी सेल्टरदाता तथा बि सं २०४९ र २०५४ को निर्बाचित वडा अध्यक्ष टल्कीमाया घिसिङ, बकैया ४ की सेल्टरदाता कुल कुमारी सापकोटा, ईन्द्रसरोबर ३ सिस्नेरीकी सेल्टरदाता तथा अनेमसंघ संस्थापक सचिव तारा लामा, ईन्द्रसरोवर ३ सीस्नेरीकी सेल्टरदाता पद्धमा लामा, ईन्द्रसरोबर ४ फाखेलकी सेल्टरदाता जमुना थिङ, मनहरी ८ की अनेम संघ जील्ला कमिटी उपाध्यक्ष तथा निर्वाचित वडा अध्यक्ष सरीता बि क , हेटौडा ११ की सेल्टरदाता तथा अनेम संघ जील्ला कमिटी सदस्य शुभद्रा अधिकारी, हेटौडा १५ चुरियामाईकी सेल्टरदाता तथा अनेमसंघ जील्ला कमिटी सदस्य पार्वती घिसिङ, हेटौडा १५ चुरियामाईकी सेल्टरदाता योगमाया निरौला, हेटौडा १७ हटीयाकी सेल्टरदाता भवानी राई, हेटौडा १८ हर्नामाणीकी सेल्टरदाता राममाया सुर्खेती, हेटौडा १८ हर्नामाणीकी सेल्टारदाता तथा जील्ला पार्टी कमिटी सदस्य चन्द्रकला ढुङ्गाना , बागमती २ राईगाउकी सेल्टरदाता सुकुमाया राई, बागमती २ रार्य गाउँकी सेल्टरदाता तथा राईगाउ पार्टी उपाध्यक्ष धनमाया राई, हेटौडा १५ चुरियामाईकी सेल्टरदाता हिरामाया भोम्जन र हेटौडा १७ हटीयाकी सेल्टरदाता डम्बर कुमारी कार्कीलाई सम्मान—पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षता तथा अनेम संघ स्थायी कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टी केन्द्रिय कमिटीका नेता, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी , संगठनको केन्द्रिय र प्रदेशका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।