११ असार २०८०
मकवानपुरगढी गाउँपालिकाले गाउँपालिका भित्रका पशुपालक किसानहरुले पालेका पशुहरुको बिमा निशुल्क गरिदिने भएको छ ।
आर्थिक बर्ष २०८०/८१ को निति तथा कार्यक्रममा पशुधन संरक्षणमा सघाउ पुर्याउने उद्धेशयले पशु बिमालाई निशुल्क गरिएको उल्लेख गरिएको छ । यस्तै पालिकाले किसानहरुलाई पहिचान सहितको किसान परिचय पत्र बितरण गर्ने भएको छ । किसान सूचीकरण र बर्गीकरण ,पहिचान सहितको किसान परिचय पत्र बितरण गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।जसका लागि संघीय सरकार र बागमती प्रदेश सरकारको सहयोग र समन्वयमा किसान सूचिकरण र बर्गीकरणको कार्य सम्पन्न गरि पहिचान सहितको किसान परिचय पत्र बितरण गर्न लागिएको हो ।