पूर्ण संस्थागत सुत्केरी वडा घोषणा : जिल्लाको गाउँपालिकाहरुमा मकवानपुरगढी गाउँपालिका पहिलो

मकवानपुरगढी । मकवानपुरगढी गाउँपलिकाको वडा नंम्बर ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । मकवानपुरको ८ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपलिका पहिलो गाउँपालिका हो । गाउँपलिकाका अध्यक्ष् दोर्जे लामा स्याङतानले औपचारिक रूपमा आइतबार पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नु भएको हो ।

अध्यक्ष् स्याङतानले ४ नम्बर वडाको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य ईकाईलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गर्नु भएको हो । ४ नम्बर वडालाई संस्थागत सुत्केरी वडा घोषणा गर्दै स्याङतानले अब आगामी बर्षहरुमा पनि अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिङ्गो पालिकलाई नै संस्थागत सुत्केरी हुने पालिकाको रुपमा विकास गर्ने गरी अभियान चलिरहेको बताउनु भयो ।

वडा भित्र गत आर्थिक वर्षमा ४० जना र यो आर्थीक बर्षमा ३५ जनाले सस्थागत सुत्केरी भएको मकवानपुरगढी गाउँपलिका स्वास्थ्य संयोजक धुब्र लामिछानेले जानकारी दिनु भयो । बिगत पाचँ वर्ष देखि नै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यको लागि आफुहरु लागि परेको यो कार्यले निरंतार्ता र दिगो पन राख्नको लागि आफुहरु सक्रिय भैरहेको लामिछानेले बताउनु भयो साथै चालु आर्थीक बर्षमा कम्तिमा ३ वटा वडा घोषणा गर्नको लागि वडा नम्बर १, २, र ३ लाई प्राथमिकतामा राखेको र सोहि अनुसार स्वास्थ्य साखाले काम गरिरहेको लामीछानेले बताउनु भयो ।

बागमती प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा थाहा नगर पालिका वडा नम्बर ६ को बग्रबाराही स्वास्थ्य चौकीलाई २०७६ साल साउन १७ गते घोषणा गरिएको थियो ,। संगै थाहा नगपलिकको वडा ९ र १० लाई मिति २०८० बैशा २७ गते , थाहा नगर पालिकाको २ ३ ४ नम्बर वडा लाई २०८० जेठ २२ गते र वडा नम्बर ११ र १२ लाई जेठ २८ गते घोषणा नै घोषणा गरि सकिएको छ । यो संग हेटौडा उपमहानगरपालिका को वडा गत वर्ष ९ नम्बर वडा र यो वर्ष वडा नम्बर ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भई सकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

वडा नम्बर ४ का अध्यक्ष् अर्जुन प्रसाद तिमल्सिनाको सभाअध्यतामा भएको कार्यक्रममा गाउँपलिकाका अध्यक्ष् दोर्जे लामा स्याङतानको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अथितिको रुपमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पार्ख्रिन नेपाली , जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपक कुमार तिवारी , मकवानपुरगढी गाउँँपलिका प्रशासकिय अधिकृत शैलेद्र भण्डारी त्यस्तै अथितिहरुमा रानी सामुदायिक वनका अध्य्क्ष बिष्णु प्रसाद नौपाने , श्रीजनसिल समाज बचत तथा ऋण सहकारी सस्थाको अध्यक्ष कृष्ण बिडारी , अपाङ तथा विपन्न कृषि सहकारी संस्थाका अध्यक्ष मुस्कान लामा , वडा सदस्यहरु , स्वास्थ्यकर्मीहरु , स्वास्थ्यस्वयं सेविकाहरु , स्थानीय वडाबासीहरु लगाएतकाको कार्यक्रममा उपस्तिथि रहेको थियो । कार्यक्रममा वडा नम्बर ४ का स्वास्थ्य साखाका कर्मचारी , स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup