नेकपा मालेका प्रतिनिधिसभा सदस्य उमेद्धवार दहाल र अधिकारीद्धारा निर्बाचन खर्च सार्बजनिक ।

१५ साउन २०८०
नेकपा मालेको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेद्धवार कृष्ण प्रसाद दहालले निर्बाचन खर्च बिबरण सार्बजनिक गर्नु भएको छ । २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्बाचनमा १ लाख २५ हजार रुपैया खर्च भएको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्नु भएको छ । उमेद्धवार दहालले फ्लेक्स ब्यानर छपाईमा १० हजार , झण्डा निर्माणमा ५ हजार , पर्चा छपाईमा ५ हजार , खाना खाजा खर्च २० हजार र गाडि भाडा ८५ हजार गरि १ लाख २५ हजार खर्च भएको खर्च बिबरण सार्बजनिक गर्नुं भएको छ ।
यस्तै नेकपा मालेको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेद्धवार उद्धब अधिकारीले पनि निर्बाचन खर्च बिबरण सार्बजनिक गर्नु भएको छ । २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्बाचनमा १ लाख ८५ हजार रुपैया खर्च भएको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्नु भएको छ ।

Flash News Slide Uncategorized अर्थ राजनीति समाचार स्थानीय