नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय प्रतिनिधि एवम् मकवानपुरका पत्रकार सुर्वणलाल श्रेष्ठलाई मातृशोक परेको छ ।
उनकी माता मदनदेवी श्रेष्ठको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मुटु रोगबाट पीडित उनको हेटौंडास्थित आफ्नै निवासमा बिहान पौने ६ बजेको समयमा निधन भएको हो ।
उनकी आठ छोरा र दुई छोरी छन् । उनको आज बिहान करिब पौने ११ बजे स्थानीय राप्तीटडमा दाहासंस्कार गरिने भएको छ ।

