५ माघ २०८०
मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिबेशन आज माघ ५ गते मकवानपुरगढी-८ बुढिचौरमा हुँदै छ । अधिवेशनमा बजेट संशोधन गर्ने तयारी भएको छ । पालिकाले चालु आर्थिक वर्षमा लिएको लक्ष्य भन्दा निक्कै कम राजश्व संकलन भए पछि केहि बजेट सम्शोधन गर्ने तयारी पनि गरेको छ । पालिकाले नदिजन्य पदार्थबाट राजश्व सोचे अनुसार उठाउन नसकेको पालिकाकै एक कर्मचारिले बताएका छन । पालिकाले चालु आर्थिक बर्षमा ४ करोड रुपैया भन्दा बढी आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको आधा पनि राजश्व उठ्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
यो अधिबेशनले बजेट रकमान्तरण गर्ने र आन्तरिक स्रोत बाट गर्ने कार्यक्रमको बजेट पनि कटौति गर्ने तयारी गरेको छ । पालिकाले चालु आर्थिक बर्षको लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाको बजेट ल्याएको थियो ।