जागरणको रजत महोत्सवमा स्मारिका विमोचन र मोबाइल बैंकिङ शुभारम्भ


२८चैत २०८०
मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको २५ वर्ष पुगेको अवसरमा स्मारिका विमोचन,मोबाइल बैंकिङ सेवा शुभारम्भ, सम्मान र पुरस्कार वितरण सहित सांस्कृतिक कार्यक्रम गरेर रजत महोत्सव मनाएको छ।
सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकलाल श्रेष्ठको प्रमुख आथियतामा भएको कार्यक्रममा सहकारीको ४९ जना संस्थापक सदस्यलाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकामा जन्मिएर सहकारी क्षेत्रमा योगदान पुर्‍याइरहेका व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नारायण प्रसाद देवकोटा बद्रीप्रसाद लम्सल विदुर हुमागाई ,कृष्णप्रसाद पोख्रेल, सुलोचना स्याङतान, निर्मला लम्साल ,हरिप्रसाद अधिकारी रामजीप्रसाद सापकोटा, खिलप्रसाद चौलागाई हुनुहुन्छ।
यस्तै जेष्ठ नागरिक हेमकुमारी तिमल्सिना ,कान्छी माया लामा, दुर्गादेवी न्यौपानेलाई पनि सम्मान गरिएको थियो।
रजत महोत्सवको अवसरमा पत्रकारिता मार्फत सहकारी क्षेत्रमा योगदान पुर्‍याएको भन्दै समृद्ध समाज दैनिकका सम्पादक तथा रेडियो निकासका प्रबन्ध निर्देशक सुरेश श्रेष्ठ र खबर सहकारी डट कम तथा नवोदय मिडिया प्रालीका अध्यक्ष श्रीराम अर्जुन दाहाललाई पनि सम्मान गरिएको छ ।
रजत महोत्सको अवसरमा भएको विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो। साथै कलाकारहरूद्वारा सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
मकवानपुरगढी गाउँपालिका र हेटौडा उपमहानगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीको ३८०० शेयर सदस्य र संस्थाले अहिले २० करोड बराबरको कारोबार गर्दै आएको सहकारी संस्थाकी व्यवस्थापक मेनुका दाहालले जानकारी दिनुभयो ।

Flash News Slide Uncategorized अर्थ राजनीति रोचक समाचार स्थानीय