२० बैशाख २०८२
मकवानपुरको हेटौडाबाट हराएको अटो आठ महिनापछि चितवनको भरतपुरमा भेटिएको छ।
मकवानपुरगढी गाउँपालिका वडा नं ३ का हाल हेटौंडा १० बस्ने बम बहादुर न्यौपानेको ना २ ह १३७१ नम्बरको अटो पार्किङ गरेर राखेको ठाउँबाट गत भदौ १४ गते हराएको थियो।
उक्त अटो चितवन जिल्लाको भरतपुर महानगरपालिका ११ सल्लेरी टोलबाट प्रहरीले बरामद गरेको छ ।
उक्त अटो चोरीमा संलग्न भएको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको बुलिङ्गटार १ का ३० वर्षीय गोपाल श्रेष्ठ र भरतपुर महानगरपालिका ११ का ३२ वर्षीय शंकर ढकाल रहेका छन ।
प्रहरीले शुक्रबार सवारी धनी न्यौपानेलाई अटो फिर्ता गरेको छ । गोपाल र शंकरलाई चोरी तथा डाका सम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौडाबाट हराएको अटो भरतपुरमा भेटियो ,चोरीमा संलग्न दुईजना पक्राउ
