नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा प्रदीप अर्याल सर्वसम्मत चयन भएका छन्।
नेकपा माओवादी केन्द्र मकवानपुरको कार्यालय हेटौडामा आज बुधबार बसेको बैठकले अर्यालको अध्यक्षतामा ७५ सदस्यीय हेटौंडा उमहानगर कमिटी सर्वसम्मत चयन गरिएको हो ।
गत पुष २० गते नगर सम्मेलन सम्पन्न गरेको नेकपा माओवादी केन्द्र हेटौंडाले ४ महिनापछि नेतृत्व चयन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षहरुमा लबराज ठकुरी, गुणराज घिमिरे (शंकर) र शोनी गुरुङ चयन भएका छन्। त्यस्तै सचिवमा तारादेवी मोक्तान, सहसचिवमा चमेलीमाया सिंजाली र कोषाध्यक्षमा गोकुल बैज्युलाई चयन गरेको छ। २ वर्षको कार्यकाल रहने कमिटीले १६ सदस्य मनोनित गर्नेछ ।
बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सासंद कुमारी मोक्तान, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवंम मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, प्रदेश कमिटी सचिवालय सदस्य ललितबहादुर घलान, सर्केस घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव बिर बहादुर घलान (ज्वाला), माओवादी केन्द्र बागमती प्रदेश सदस्य ललित घलान, बिबेक राईलगायतको उपस्थिति थियो ।

माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्षमा अर्याल सर्वसम्मत
