५ अर्ब ४६ करोड कार्बन बेच्दै नेपाल सरकार, सबै रकम समुदायमा जाने


हेटौंडा, १३ जेठ
वन तथा वातावरण मन्त्रालय रेड कार्यान्यन केन्द्र नेपालले चीनसंग पाँच अर्ब ४६ करोड १९ लाख ५२ हजार एक सय २० रुपैया बराबरको कार्बन ब्यपारको लागि सम्झौता गरेको र सबै रकम समुदायमा जाने जनाएको छ । हेटौंडामा रेड प्लस केन्द्रले ग्रीन फागण्डेशन नेपालको सहजिकरणमा गर्दै नेपाल समुदायमैत्री वन ऐन निर्माणको लागि अधिकारवालाहरुसंगको अन्तर्सम्बादको लागि आयोजना गरिएको कार्यक्रम ‘बागमती प्रदेश स्थानिय वन संबाद ’ मा आफ्नो संस्थागत प्रस्तुती दिने क्रममा यस्तो जानकारी दिइएको हो ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले रेड भनेपनि वा अन्य जुनसुकै कोष भनेपनि त्यो जनतामा आधारित गरेर लैजानुपर्ने बताउनुभयो । उहाँले सबै स्रोत र साधन परिचालन गर्दा सबै सम्भव हुने उहाँको भनाई छ । वनबाट उद्यम विकास गरेर समृद्धी ल्याउन सम्भव भएको उहाँको भनाई छ ।
रेड प्लस कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीलेउहाँको अनुसार नेपालको लुम्बिनी र मधेश प्रदेशबाट गरेर जम्मा ४० लाख टन कार्बन चीनलाई ब्यापार सम्झौता गरिएको छ । यसको साथै उहाँले हाल नेपाल सरकारलाई कार्बन ब्यापारबाट प्राप्त करिब एक अर्ब ५० करोड रकम पनि १३ वटा जिल्लामा कार्यक्रम मार्फत गइरहेको जनाउनुभयो । उहाँको अनुसार रेड प्लसले देशभर संरचना बनाएको छ । उहाँले कृषिको लागि माटोको उर्बरता बढाउने बताउतै कृषिको लागि योग्य जमिन तयार गर्न तीन गुणा वन चाहिने कारण वन र कृषि संगै लैजानुपर्ने बताउनुभयो ।
उद्योग पर्यटन तथा वातावरण समिति सभापती आनन्दकुमार श्रेष्ठले प्रदेश संरचनामा वन भएपनि वातावरणको बिभागिय कार्यालय सम्म पनि नभएकोले काम गर्न असहज भएको बताउनुभयो । उहाँले समुदायमा आधारित कानुन निर्माणको लागि समिति लागिरहेको जनाउनुभयो ।
त्यसैगरी बागमती प्रदेश सांसद एबम् सामुदायिक वनकी अन्तराष्ट्रिय अध्यक्ष भारती पाठकले बागमती प्रदेशको समुदायमैत्री वन ऐन नर्माणको लागि अधिकारवालाहरुसंगको अन्तर्सम्बादको आयोजनाले समुदायमा केन्द्रित ऐन, सामुदायिक अधिकार सुनिश्चित, हरित वन उद्यम , महिला , परम्परागत ज्ञान र सिप अनुभवलाई सम्बोधन गर्न महत्वपुर्ण भुमिका खेलेको जनाउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *