हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ कोगटे स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा एक जना किशोरको डुबेर मृत्यु भएको छ । काठमाण्डौ महाँनगरपालिका– १२ लाजिम्पाट बस्ने १७ वर्षिय नामसोज हगंजबेगुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनी आफ्नै ८ जना साथीहरु संग घुम्न आई पौडी खेल्ने क्रममा पानीमा डुबी अचेत अवस्थामा प्रहरीले जानकारी पाएको थियो । डुवेकै अवस्थामा मृत्यु भएको हो ।

