सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *