मकवानपुर — सामाजिक सञ्जाल फेसबुकमार्फत मकवानपुर गढी–३ मक्रन्चुली निवासी तथा नेपाली कम्युनिस्ट पार्टीका जिल्ला सदस्य गोपाल प्रसाद न्यौपानेले जिल्लाको सामाजिक, जातीय, धार्मिक संरचना र हालको शिक्षा–स्वास्थ्य तथा विकास अवस्थाबारे टिप्पणी गर्दै आगामी फागुन २१ गते हुने चुनावमा ‘तारा’ चिन्हमा मतदान गर्न अपिल गरेका छन्।
न्यौपानेका अनुसार मकवानपुर बहुजातीय, बहुधार्मिक तथा विविध संस्कार–संस्कृति बोकेको क्षेत्र हो। तामाङ, चेपाङ (प्रजा), माझी, राई, दनुवार लगायत समुदायदेखि वैष्णव, पशुपतिनाथ आराधक, बौद्धमार्गी, कृष्ण प्रणामी, मुस्लिम, ख्रिश्चियन लगायत विभिन्न सम्प्रदायको सहअस्तित्व रहेको उनले औँल्याएका छन्।
उनले लेखेका छन्—“म कुनै प्रतिद्वन्द्विता वा द्वेषका आधारमा होइन, मकवानपुरेहरूले भोगेका यथार्थलाई बौद्धिक रूपमा प्रस्तुत गरिरहेको छु।”
न्यौपानेले विगतका चुनावहरूमा शिक्षा, स्वास्थ्य र रोजगारीको आशामा मतदान भए पनि अपेक्षित उपलब्धि नआएको दाबी गरेका छन्।
हेटौंडा अस्पताललाई क्षेत्रीय स्तरको बनाउनुपर्नेमा “राजनीतिक भर्ती केन्द्र” बनाइएको
बिरामी अझै भरतपुर वा काठमाडौं धाउनु पर्ने बाध्यता
आधुनिक इन्जिनियरिङ/मेडिकल/सीपमुखी सरकारी कलेज जिल्लामा अभाव
औद्योगिक सहरको पहिचान कमजोर बन्दै गएको
उनको भनाइ अनुसार—
“अलि–अलि भएको विकास पनि दिगो र भरपर्दो रहेन, ‘बा प्रवृत्ति’ भएका नेताले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिए।”
न्यौपानेले हेटौंडा बजारको अव्यवस्थित संरचना, उद्योगविहीनता र कमजोर नीति–निर्णयलाई समेट्दै विभिन्न दलहरूले फेरि जनतालाई भ्रमित गर्न खोजिरहेको आरोप समेत लगाएका छन्।
आगामी फागुन २१ गते हुने चुनावमा नेपाली कम्युनिस्ट पार्टीका क. लवशेर बिष्ट र क. विजय गौतमलाई “इमानदार र उर्जाशील युवा नेतृत्व” भन्दै समर्थन व्यक्त गर्दै उनले यसरी अपिल गरेका छन्—
“मकवानपुरेहरूको शिर उचो राख्ने हो भने यसपालि ‘तारा’मा मतदान गरेर नयाँ पुस्तालाई मौका दिनुपर्छ।”
न्यौपानेले आफ्नो अपिलमा जनयुद्धका महान सहिद कमरेड रुद्र पाख्रिन तथा जनआन्दोलनका सहिद वासुदेव घिमिरेलाई स्मरण गरेका छन्।
उनका अनुसार,“सहिदहरूको सपना साकार पार्न र जनताले चाहेको परिवर्तनलाई मार्गदर्शन गर्न अहिलेको निर्वाचन महत्वपूर्ण छ।”
न्यौपानेले हालको चुनावमा जेन्जी आन्दोलनको भावना र मर्म बुझ्ने उम्मेदवार उठेको भन्दै खासगरी युवा पुस्ताको प्रतिनिधित्वलाई सकारात्मक रूपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्—
“अहिले ठगी खाने वर्गका उम्मेदवारहरूलाई परास्त गरेर नयाँ पुस्तालाई अवसर दिनुपर्छ।”
उनका अनुसार यस्ता उम्मेदवारहरू जनताको पीडा बुझ्ने, सहिदहरूको बलिदानीप्रति संवेदनशील र परिवर्तनका पक्षधर छन्।
आगामी फागुन २१ गते हुने चुनावमा क. लवशेर बिष्ट र क. विजय गौतमलाई “ऊर्जाशील र जिम्मेवार युवा नेतृत्व” भन्दै उनले यसरी अपिल गरेका छन्—
“मकवानपुरेहरूको शीर उचो राख्ने हो भने यसपालि ‘तारा’मा मतदान गर्नुहोस।”

