हेटौंडाको गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

हेटौंडा–९ स्थित गुम्बा चोकबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका–९ घर भई हाल हेटौंडा–४, कर्रामा बसोबास गर्दै आएका १९ वर्षीय निश्चल लामा नेगी र चितवन राप्ती नगरपालिका–६ घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्दै आएका २० वर्षीय अभिषेक रानालाई शंका लागि खानतलासी गर्दा १ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिई ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाइने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *