वंशगोपाल माध्यमिक विद्यालयको आयोजनामा कुर्लेमा धान दिवस मनाइयो।

धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ मकवानपुरगढी–२, कुर्ले दमारमा २२औं राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ।
कार्यक्रम वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय), मकवानपुरगढी–२ को आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा सम्पन्न कार्यक्रम गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
धान रोपाइँ, कृषि प्रवर्द्धन र कृषकप्रतिको सम्मानलाई जोड दिँदै आयोजना गरिएको उक्त कार्यक्रमले कृषिप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो। कार्यक्रममा धान खेतीको महत्व, खाद्य सुरक्षामा यसको भूमिका र आत्मनिर्भरता प्राप्तिका उपायहरूबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष बखान सिंह पाख्रिन, गाउँपालिकाको कर्मचारी, शिक्षक, र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *